
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिनेमंसिर ४ गतेको निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । दलहरु झुण्ड झुण्ड बनाएर गाउँ–गाउँ पुगिरहेका छन् । चुनाव जितेर नफर्किएका उम्मेदवारहरु यसपालि भोट माग्न जनताको दैलोमा पुगेका छन् । विगतमा जस्तो चुनावी रौनक नभएपनि गाउँ–गाउँमा पुगेका नेता अनि उनीहरुका भाषणले चुनाव सबैले जित्ने जस्तै दावी देखिन्छ । तर नेताहरु आउँदा खेतका गराहरुमा धान बटुलीरहेका धेरै किसानहरुलाई कोणसभा र भाषणको कुनै मतलव नै देखिदैंन । सामाजिक सञ्जालहरुमा खेतमा धान काट्दै र चुट्दै गरेका उम्मेदवारहरुदेखि डाँडामा रेल कुदाउने सपना बाँड्ने दलका घोषणापत्र देखेर जनताहरु वाक्क भईसकेका छन् ।
एकातिर सत्तारुढ नेपाली कांग्रेस र माओवादी लगायतको ५ दलको गठबन्धन छ भने अर्को तिर एमालेले पनि राजावादीदेखि पञ्चेहरुसँग घाँटी जोडेर चुनावी मैदानमा उत्रिएको छ । दलहरुको जोडघटाउ सत्ताप्राप्ति कैं लागि छ । हिजोसम्म दलाली गरेर, कानुन मिचेर, घुस खुवाएर, प्राकृतिक डाँडाकाँडा काटेर प्लटिङ गरेर अकुत सम्पत्ति कमाएर तस्करहरु यतिबेला दलहरुमा पैसा बगाएर टिकट प्राप्तिसँगै चुनावी भागदौडमा पटक–पटक देखा परिरहेका छन् । अपराधिक दुनियाँमा चर्चित गुण्डाहरु कोही निर्विरोध त कोही प्रतिस्पर्धामा उत्रिएका छन् । आफूले रोजेको वा जनताले खोजेको इमान्दार नेताहरु भेट्न नै मुश्किल छ । चुनावी टिकट किनबेचमा रमाएका दलहरुका शीर्षस्थ नेताहरुका कारण इमान्दार र कतिवद्ध नेता तथा कार्यकर्ताहरु पलायन हुने स्थितिमा पुगेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’को विद्रोही पार्टीले यसपटक पुनः चुनाव बहिष्कारको घोषणा गरेको छ । गत स्थानीय निर्वाचनलाई उपयोग गर्ने भन्दै ‘स्वतन्त्र’का नाममा ‘पुतली’ चिन्ह लिएर आफ्ना नेता तथा कार्यकर्ताहरु उठाए पनि सोचेजस्तो नतिजा नपाएको नेकपाले यसपटक विथोल्ने चेतावनी दिएको हो । हिजो चुनावमा सहभागी हुने विषयलाई लिएर पार्टी विभाजन भएको अवस्थामा पुनः बहिष्कारको अर्थ कति सान्दर्भिक र सैद्धान्तिक छ त्यो फरक बहसको विषय होला । यस विषयमा पनि गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि अप्रिय घटना नदोहोर्याउन सचेत गराउँदै विप्लव नेतृत्वको नेकपालाई परिआएमा जस्तो सुकै कदम पनि चालिने चेतावनी दिईसकेको अवस्था छ ।
सबैले बुझेका छन्, दलहरुका घोषणापत्र भनेका केबल कागजी खोस्टामात्र हुन् । यी घोषणापत्रहरुमा न दम छ, न त जिम्मेवारीको कुनै गन्ध छ । चुनावमा बेलामा झोलमा बिक्नेलाई झोलमा र नगदमा बिक्नेलाई नगदमा खरिद गरेर जसरी पनि चुनाव जित्नु पर्ने ध्याउन्नमा उम्मेदवारहरु लागिपरेका छन् । पोखरा कैं सन्दर्भमा भन्नुपर्दा फेवातालको विषय गम्भिर रुपमा लिईनु पर्ने हो । तर यो घोषणापत्रमा त लेखिन्छ, तर कार्यान्वयन कहिल्यै हुँदैन । फेवातालको पानी र माटो छोएर कसम खाने नेताहरु फेरि चुनावी मैदानमा छन् । तर उनीहरुलाई न त लाज छ, न त कुनै हिनताबोध नै । फेवातालको मुहानमा बनाईका चेकड्याम निर्माणमा भएको करोडौं भ्रष्टाचार र निर्माण गरिएको कमजोर संरचनाहरुका बारेमा पनि नेताहरु मौन छन् । घरघरमा धारो पुगेको छ, तर पानी छैन र पनि यो विषयमा जनता मौंन छन् । न त जनता नैं विरोधमा उत्रिन्छन्, न त नेता नै लजाउँछन् ।
जग्गा दलाली गर्ने दलालहरु राज्यको ढुकुटीको करोडौं रुपैयाँ र योजना आफ्नै सस्तोमा किनेका सयौं रोपनी वरपर बाटो लैजानमा केन्द्रित हुँदा पनि सत्तापक्ष र प्रतिपक्ष दुवै दलहरु मौन छन् । न त यस्ता विषयहरु समाचार नै बन्न सकेका छन् । वेथितिहरुको चाङमा पुरिएका जनताहरुलाई न त नेताको भाषण कर्णप्रिय लाग्न थालेको छ, न त उनीहरुको घोषणापत्रप्रति विश्वास । यो एउटा औपचारिकतामा मात्र सीमित हुन पुगेको छ । ‘जुन चोर आए पनि कानै चिरेको’ भने झैं कुनै पनि दलका नेता वा आश्वासनप्रति जनता ढुक्क देखिदैंनन् । हिजो गरेका वाचाहरु पुरा नहुँदा पनि दलहरु यसप्रति गम्भिर छैनन् । एकले अर्कोको उछितो काढ्दैमा ठिक्क छ । दलहरुको गलत क्रियाकलाप, बढ्दो भ्रष्टाचार, महङ्गी, वेथिति र तस्करहरुको हालीमुहालीका कारण चुनाव केबल एउटा फगत राज्यकोषको ढुकुटी सक्ने खेलमात्र सावित हुन पुगेको छ । तापनि अघिल्लो स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुले पाएको सफलताका कारण यसपटक बिना पार्टी स्वतन्त्र उठेकाहरु र स्वतन्त्र पार्टी नै गठन गरेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु भने निकै हौसिएको देख्न पाईन्छ । यतिबेला उम्मेदवारहरुमा चुनावको रन्को लागेपनि जनताहरुमा उत्साह भने न्यूनमात्र देखिन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति