
१रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
३फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
६स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
७कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१०कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
यदि एउटा अपराधीले प्रहरीको बर्दी र उपल्लो तहको जिम्मेवारी पायो भने के–के गर्ला ? पक्कै पनि त्यस अपराधीले बर्दी र जिम्मेवारीको चरम दुरुपयोग गरेर आफ्नो स्वार्थपूर्तिका लागि गर्न नहुने सबै काम गर्छ नै । हामीलाई यो विषय कल्पना गर्दा पनि कहाली लाग्छ । तर यस्तै अपराधी र विकृत मानसिकता बोकेर पत्रकारिताको आवरणमा समाजमा विकृति फैलाउनेहरुको जगजगी बढिरहेको छ । यसतर्फ सोच्नु पर्ने समय आएको छ । अपराधमा राजनीति मिसिएर जति डरलाग्दो स्थिति बनिरहेको छ, त्यसैगरी पत्रकारिता भित्र पनि घिनलाग्दो स्थिति देखा परिरहेको छ । अरुका विषयमा कलम चलाउने पत्रकार र पत्रकारिता जगतका विषयमा यतिबेला नबोल्ने हो भने न्याय र ईमान्दारिताको गला रेटिने छ र चर्को स्वर यिनै अपराधीहरुको सुनिने छ ।
एउटा पत्रकारले कति तलब पाउँछ ? अब आमजनताले यो विषय सोध्न जरुरी छ । विकृतिको जडको शुरुवात र पहिचान यहीँबाट गर्न सकियो भने अन्त्य सम्भव छ । पोखरा कैं सन्दर्भमा भन्ने हो भने यहाँका सम्पूर्ण पत्रकारहरुलाई हाम्रो समाजले नियाल्न जरुरी छ । एउटा सञ्चारमाध्यमले मासिक १५ देखि ३० हजार रुपैयाँ भन्दा बढि तलब दिन सक्दैन । ३० हजार रुपैयाँ भन्दा बढि तलब खाने पत्रकारहरु औंलामा गन्न मिल्ने छन् । नत्र १५ हजार मासिक तलबमा पत्रकारहरुले आफ्नो समय खर्चिरहेका छन् । कतिपय राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुले त बषौंसम्म पनि तलब नपाईकन काममा लत्रिरहेका छन् । एउटा सच्चा पत्रकारलाई आफ्नो मासिक खर्च धान्न धौं धौं छ । तर केही पत्रकारहरुलाई करोडौं थुपार्ने र लाखौं उडाउने पैसा कसरी आउँछ ? यसको खोजी हुन आवश्यक छ । सिधै अपराध र अपराधीहरुसँगको सञ्जालसम्म पुग्छ यसको लहरो । हामी यो लहरो भत्काउन चाहन्छौं र समाजमा उदाङ्दो बनाएर ईमान्दार, स्वाभिमानी र असल पत्रकारको शिर उचोँ भएको हेर्न चाहन्छौं । पत्रकारिता जगतलाई बदनाम हुनबाट जोगाउन चाहन्छौं ।
एकजना पत्रकारले पत्रकारिता जगतमा देखिएको विकृतिका विषयमा लेख नै लेखेका थिए । उनले आफ्नो लेखमा यहाँ दुई प्रकारका पत्रकार छन् भनेर पत्रकारिता भित्रको विकृतिलाई स्पष्ट पारिदिएका छन् । अक्षर र भाषासँग खेल्ने पत्रकार एकथरीका । अनि अक्षर र भाषा बाहेक सबैसँग खेल्ने अर्को थरीका । यिनीहरुको हैसियत फरक पर्छ भन्ने अभिव्यक्तिबाट पनि हामीले पत्रकारिता भित्र मौंलाएको विकृतिलाई बुझ्न सक्दछौं । को बोल्छ त पत्रकारिता भित्रको विकृतिको विरुद्धमा ? कोही बोल्न खोज्यो भने कलम बोक्नेले जे पनि लेखिदिन सक्छ भने डर छ समाजलाई । नेताहरु आफ्नै भ्रष्टचारको दलदलमा छन् । उद्योगी व्यवसायीले घरमा कुकुर पाले झैं आ–आफ्ना पाल्तुपत्रुकारहरु पालिरहेका छन् । तस्कर, गुण्डा र ठेकेदारहरुका पनि आ–आफ्ना पत्रुकारहरु छन् । उनीहरुलाई केही समस्या प¥र्यो भने राजनीतिक र प्रशासनिक सबैसँग सेटिङ मिलाउने धन्दा यिनै पत्रुकारले गर्छन् । त्यसकारण पत्रकारिता भित्रको विकृतिसँग जुध्न हत्तपत्त कोही चाँहदैन । सबैलाई थाहा छ वास्तविकता तर मुख खोल्न सक्दैनन् । तर अब बोल्नुपर्छ । यस्ता पत्रकारिताको आवरणमा गरिने गलत धन्दालाई पर्दाफास गर्नैपर्छ । समाचार किनबेच गर्ने, बार्गेनिङ गर्ने, धम्की दिने पत्रुकारहरुलाई अब नङ्ग्याउनै पर्छ । कलम बोक्दैमा जसले जे मन लाग्छ त्यही गर्ने छुट हामीलाई छैन । अब हरेक पत्रकारको आम्दानीको स्रोतको खोजी गर्नैपर्छ । पत्रकारिता क्षेत्रको गरिमा र महत्वलाई बचाई राख्न हामी भित्रको विकृति र गलत धन्दाको चिरफार गर्नैपर्दछ । नत्र पत्रकारिता र गुण्डागर्दीमा केही भिन्नता रहने छैन ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा