
१जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
३मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
४सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
५कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
६गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
७जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
८कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
९२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१०गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
११कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१२उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
यदि एउटा अपराधीले प्रहरीको बर्दी र उपल्लो तहको जिम्मेवारी पायो भने के–के गर्ला ? पक्कै पनि त्यस अपराधीले बर्दी र जिम्मेवारीको चरम दुरुपयोग गरेर आफ्नो स्वार्थपूर्तिका लागि गर्न नहुने सबै काम गर्छ नै । हामीलाई यो विषय कल्पना गर्दा पनि कहाली लाग्छ । तर यस्तै अपराधी र विकृत मानसिकता बोकेर पत्रकारिताको आवरणमा समाजमा विकृति फैलाउनेहरुको जगजगी बढिरहेको छ । यसतर्फ सोच्नु पर्ने समय आएको छ । अपराधमा राजनीति मिसिएर जति डरलाग्दो स्थिति बनिरहेको छ, त्यसैगरी पत्रकारिता भित्र पनि घिनलाग्दो स्थिति देखा परिरहेको छ । अरुका विषयमा कलम चलाउने पत्रकार र पत्रकारिता जगतका विषयमा यतिबेला नबोल्ने हो भने न्याय र ईमान्दारिताको गला रेटिने छ र चर्को स्वर यिनै अपराधीहरुको सुनिने छ ।
एउटा पत्रकारले कति तलब पाउँछ ? अब आमजनताले यो विषय सोध्न जरुरी छ । विकृतिको जडको शुरुवात र पहिचान यहीँबाट गर्न सकियो भने अन्त्य सम्भव छ । पोखरा कैं सन्दर्भमा भन्ने हो भने यहाँका सम्पूर्ण पत्रकारहरुलाई हाम्रो समाजले नियाल्न जरुरी छ । एउटा सञ्चारमाध्यमले मासिक १५ देखि ३० हजार रुपैयाँ भन्दा बढि तलब दिन सक्दैन । ३० हजार रुपैयाँ भन्दा बढि तलब खाने पत्रकारहरु औंलामा गन्न मिल्ने छन् । नत्र १५ हजार मासिक तलबमा पत्रकारहरुले आफ्नो समय खर्चिरहेका छन् । कतिपय राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुले त बषौंसम्म पनि तलब नपाईकन काममा लत्रिरहेका छन् । एउटा सच्चा पत्रकारलाई आफ्नो मासिक खर्च धान्न धौं धौं छ । तर केही पत्रकारहरुलाई करोडौं थुपार्ने र लाखौं उडाउने पैसा कसरी आउँछ ? यसको खोजी हुन आवश्यक छ । सिधै अपराध र अपराधीहरुसँगको सञ्जालसम्म पुग्छ यसको लहरो । हामी यो लहरो भत्काउन चाहन्छौं र समाजमा उदाङ्दो बनाएर ईमान्दार, स्वाभिमानी र असल पत्रकारको शिर उचोँ भएको हेर्न चाहन्छौं । पत्रकारिता जगतलाई बदनाम हुनबाट जोगाउन चाहन्छौं ।
एकजना पत्रकारले पत्रकारिता जगतमा देखिएको विकृतिका विषयमा लेख नै लेखेका थिए । उनले आफ्नो लेखमा यहाँ दुई प्रकारका पत्रकार छन् भनेर पत्रकारिता भित्रको विकृतिलाई स्पष्ट पारिदिएका छन् । अक्षर र भाषासँग खेल्ने पत्रकार एकथरीका । अनि अक्षर र भाषा बाहेक सबैसँग खेल्ने अर्को थरीका । यिनीहरुको हैसियत फरक पर्छ भन्ने अभिव्यक्तिबाट पनि हामीले पत्रकारिता भित्र मौंलाएको विकृतिलाई बुझ्न सक्दछौं । को बोल्छ त पत्रकारिता भित्रको विकृतिको विरुद्धमा ? कोही बोल्न खोज्यो भने कलम बोक्नेले जे पनि लेखिदिन सक्छ भने डर छ समाजलाई । नेताहरु आफ्नै भ्रष्टचारको दलदलमा छन् । उद्योगी व्यवसायीले घरमा कुकुर पाले झैं आ–आफ्ना पाल्तुपत्रुकारहरु पालिरहेका छन् । तस्कर, गुण्डा र ठेकेदारहरुका पनि आ–आफ्ना पत्रुकारहरु छन् । उनीहरुलाई केही समस्या प¥र्यो भने राजनीतिक र प्रशासनिक सबैसँग सेटिङ मिलाउने धन्दा यिनै पत्रुकारले गर्छन् । त्यसकारण पत्रकारिता भित्रको विकृतिसँग जुध्न हत्तपत्त कोही चाँहदैन । सबैलाई थाहा छ वास्तविकता तर मुख खोल्न सक्दैनन् । तर अब बोल्नुपर्छ । यस्ता पत्रकारिताको आवरणमा गरिने गलत धन्दालाई पर्दाफास गर्नैपर्छ । समाचार किनबेच गर्ने, बार्गेनिङ गर्ने, धम्की दिने पत्रुकारहरुलाई अब नङ्ग्याउनै पर्छ । कलम बोक्दैमा जसले जे मन लाग्छ त्यही गर्ने छुट हामीलाई छैन । अब हरेक पत्रकारको आम्दानीको स्रोतको खोजी गर्नैपर्छ । पत्रकारिता क्षेत्रको गरिमा र महत्वलाई बचाई राख्न हामी भित्रको विकृति र गलत धन्दाको चिरफार गर्नैपर्दछ । नत्र पत्रकारिता र गुण्डागर्दीमा केही भिन्नता रहने छैन ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की