
१आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
३गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
४पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
७कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । महासंघ चितवन शाखाले आज आयोजना गरेको कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रियामा उहाँले सरकार, महासंघ, मिडिया सञ्चालक मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
समस्या आएपछि मिडिया सञ्चालकहरुले पत्रकारहरुलाई बेतलवी बिदामा राख्ने गरेको भन्दै उहाँले मिडियामा समस्या रहेको बताउनुभयो । अग्रभागमा रहेर काम गर्नुपर्ने पत्रकारले आफै स्वास्थ्य सुरक्षाको साधन किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।
श्रमजीवि पत्रकारहरुको हक हितका लागि सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उहाँले भन्नुभयो, “श्रमजीवीको पक्षमा कुनै सम्झौता हुन सक्दैन ।” नेपालमा पत्रकारिता क्षेत्रमा भएका कानून कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कानूनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।” समानुपातिक विज्ञापन प्रणाली, पत्रकार कल्याण कोषमा विज्ञापनको दश प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
मिडिया वन्द हुनु जनताको आवाज वन्द हुनु भएको भन्दै उहाँले स्थानीय तहले पनि अहिले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले शिक्षा र चेतनामूलक सन्देश मिडियाबाट प्रकाशन, प्रसारण गरेर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशभरमा ४ सय दश पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ४ जनाको मृत्यु भई सकेको र ८० जना उपचारका क्रममा रहेका छन् । देशभरि १३ हजार जना नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा दश पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । जिल्लामा २१ अनलाईन, चार टेलिभिजन, २३ एफएम रेडियो, ६ दैनिक पत्रिका र १६ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेका छन् । सो अवसरमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार तिलकराम रिमाल, कोमलचन्द्र भगत, रमेश पौडेल, रमेशकुमार पौडेल, राजेश घिमिरे लगायतले अहिलेको अवस्थामा सञ्चार गृह संञ्चालनका लागि समेत कठिन भएको बताउनुभएको थियो । महासंघ र प्रेस काउन्सिलले देशभर विभिन्न जिल्लामा मिडियाको अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने सो अवसरमा जानकारी दिइयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग