
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । महासंघ चितवन शाखाले आज आयोजना गरेको कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रियामा उहाँले सरकार, महासंघ, मिडिया सञ्चालक मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
समस्या आएपछि मिडिया सञ्चालकहरुले पत्रकारहरुलाई बेतलवी बिदामा राख्ने गरेको भन्दै उहाँले मिडियामा समस्या रहेको बताउनुभयो । अग्रभागमा रहेर काम गर्नुपर्ने पत्रकारले आफै स्वास्थ्य सुरक्षाको साधन किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।
श्रमजीवि पत्रकारहरुको हक हितका लागि सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उहाँले भन्नुभयो, “श्रमजीवीको पक्षमा कुनै सम्झौता हुन सक्दैन ।” नेपालमा पत्रकारिता क्षेत्रमा भएका कानून कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कानूनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।” समानुपातिक विज्ञापन प्रणाली, पत्रकार कल्याण कोषमा विज्ञापनको दश प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
मिडिया वन्द हुनु जनताको आवाज वन्द हुनु भएको भन्दै उहाँले स्थानीय तहले पनि अहिले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले शिक्षा र चेतनामूलक सन्देश मिडियाबाट प्रकाशन, प्रसारण गरेर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशभरमा ४ सय दश पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ४ जनाको मृत्यु भई सकेको र ८० जना उपचारका क्रममा रहेका छन् । देशभरि १३ हजार जना नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा दश पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । जिल्लामा २१ अनलाईन, चार टेलिभिजन, २३ एफएम रेडियो, ६ दैनिक पत्रिका र १६ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेका छन् । सो अवसरमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार तिलकराम रिमाल, कोमलचन्द्र भगत, रमेश पौडेल, रमेशकुमार पौडेल, राजेश घिमिरे लगायतले अहिलेको अवस्थामा सञ्चार गृह संञ्चालनका लागि समेत कठिन भएको बताउनुभएको थियो । महासंघ र प्रेस काउन्सिलले देशभर विभिन्न जिल्लामा मिडियाको अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने सो अवसरमा जानकारी दिइयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ