
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पैसा तिरेर बनाईका चुनावी घोषणा–पत्र पढेर सुनाउने र अगुवापछुवा लगाएर ताली बजाउनेहरुबाट न त देश विकासको अपेक्षा गर्न सकिन्छ, न त जनप्रतिनिधिका रुपमा यस्ता व्यक्तिसँग ढुक्क हुन सकिन्छ । तर पनि हामीसँग विकल्प छैन ।
भनिन्छ, लोकतन्त्रमा सबैभन्दा शक्तिशाली भनेका जनता हुन् । तर यहाँ लोकतन्त्र वा गणतन्त्र जे भने पनि जनता भनेका दास कैं रुपमा देखा परिरहेका छन् । विभिन्न राजनीतिक दलमा आवद्ध रहेर विभाजित जनताहरुले आफूखुशी जनप्रतिनिधि चुन्न भने पाउँदैनन् । केन्द्रमा रहेका नेताहरुको ईशारामा चुनिएका पात्रहरुलाई नै आफ्नो भाग्यविधाता मानेर मतदानको प्रक्रियामा सामेल हुन बाध्य छन् जनता । जीवनभर तस्करी, भ्रष्टाचार, वेथिति र व्यभिचारी गरेर आर्जन गरेको सम्पत्ति केन्द्रीय नेताको पाउँमा लगेर केही चढाई दिएपछि एक्कासी नेता बन्नेहरुदेखि राजनीतिलाई प्रयोग गरेर स्वार्थसिद्ध गर्न पल्किएका अवसरवादीहरु हावी भएको वर्तमान अवस्था छ । यो अवस्थामा हामीले नजिकिंदै गरेको निर्वाचनमा कस्तो जनप्रतिनिधि चुन्ने भन्ने कुरा केबल गफ नै हो ।
देश र जनतालाई शिरमा राखेर सेवकको रुपमा काम गर्ने जनप्रतिनिधि पाउनै मुस्किल छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले लगायतका राजनीतिक दलका नेताहरुको गतिविधिहरुलाई हेर्ने हो भने तटस्थ रहने जनताले आफ्नो नेता हो भनेर ढुक्क हुने अवस्था नै छैन । राजनीतिमा कमाउनका लागि होमिएका, अपराधलाई लुकाउनका लागि छिरेका र संरक्षणका लागि ओत लागेकाहरुबाट आमजनताले अपेक्षा गर्नु मुर्खता सिवाय केही देखिदैंन ।
हामी जनता पनि एकदमैं स्वार्थी भएका छौं । हामीलाई साझा स्वार्थ भन्दा नितान्त व्यक्तिगत स्वार्थले थिचेको छ । आफूलाई जसरी फाईदा हुन्छ, हामी त्यसरी नै चल्छौं । आफ्नो स्वार्थका लागि न त हामीलाई कुनै विचारसँग मतलव छ, न त कुनै नैतिकता र स्वाभिमानको ख्याल छ । हेर्दा अलग–अलग विचारधाराका मानिसहरु देखिन्छन् तर लुट्ने बेलामा एकजुट हुन्छन् । अनि नेतालाई मात्र सरापेर पनि हामी कहिल्यै माथि लाग्दैनौं । एकातिर हामी जनताको यहीँ कमजोरीलाई राम्रोसँग बुझेका नेताहरुले हामीलाई गोटी बनाएर सजिलैसँग चलाई रहेका छन् । यदि हामी जनता भित्र पनि विवेक र स्वाभिमान अनि राष्ट्रप्रति सच्चा प्रेम हुन्थ्यो भने देशको विकासले निकै माथिसम्म फड्को मारेको हुन्थ्यो ।
आफूलाई जसरी फाईदा हुन्छ, हामी त्यसरी नै चल्छौं । आफ्नो स्वार्थका लागि न त हामीलाई कुनै विचारसँग मतलव छ, न त कुनै नैतिकता र स्वाभिमानको ख्याल छ । हेर्दा अलग–अलग विचारधाराका मानिसहरु देखिन्छन् तर लुट्ने बेलामा एकजुट हुन्छन् । अनि नेतालाई मात्र सरापेर पनि हामी कहिल्यै माथि लाग्दैनौं ।
त्यसैले नजिकिदैं गरेको निर्वाचन अनि हामीले चुन्ने जनप्रतिनिधि हामी जस्तै स्वार्थी र अवसरवादी नै आउनेछन् । हामीलाई हाम्रो स्वार्थसिद्ध कसरी हुन्छ भन्ने मतलव छ, नेताहरुलाई पनि कसरी जनतालाई भ¥याङ बनाएर माथि पुग्ने भन्ने छ । यतिबेला राजनीति कमाउने सबैभन्दा ठुलो व्यवसाय बन्न पुगेको छ । हामीले सरसर्ती हेर्ने हो भने राजनीतिमा लाग्नेहरुको जीवनयापनबाट पनि यो कुराको सजिलैसँग पुष्टि हुन्छ नैं । राष्ट्र दोहन गर्ने, कुनै पनि नीति भन्दा बाहिर गएर स्वार्थका लागि चलखेल गर्ने अवसरवादीहरुको झुण्डले अँध्यारो कोठामा बसेर चुन्ने जनप्रतिनिधिलाई हामीले मत दिएर वैधानिकता प्राप्त गराउनु बाहेक अरु भूमिका केही देखिदैंन । त्यसैले हामी जनतासँग यो बल र साहस छैन कि हामीले कस्तो जनप्रतिनिधि चुन्ने भन्ने ? त्यसैले हामीलाई सेटिङ र अँध्यारो कोठामा भएको गोप्य चलखेलबाट जस्तो पात्र आउँछ त्यसैलाई भोट गर्नु बाहेक हामीसँग अरु विकल्प पनि छैन ।
हामीले भोट दिने भनेर देखा पर्ने नेताहरुमा न त दुरदृष्टि छ, न त विकासप्रतिको कुनै योजना नै छ । पैसा तिरेर बनाईका घोषणा–पत्र पढेर सुनाउने र अगुवापछुवा लगाएर ताली बजाउनेहरुबाट न त देश विकासको अपेक्षा गर्न सकिन्छ, न त जनप्रतिनिधिका रुपमा यस्ता व्यक्तिसँग ढुक्क हुन सकिन्छ । तर पनि हामीसँग विकल्प छैन । वैकल्पिक शक्तिका रुपमा उदाएकाहरु हुन् वा क्रान्तिकारी भनेर जनयुद्ध गरेर आएका हुन् । अहिलेको अवस्थामा सबैलाई जनताले राम्रोसँग देखिसकेका छन्, कुनै दलका नेता पनि देशप्रति न त वफादार छन्, न त राजनीतिप्रति नै इमान्दार छन् । त्यसैले हामीले चुन्ने जनप्रतिनिधि कस्ता हुन्छन् भनेर जनताले टाउको दुखाउनै पर्ने अवस्था छैन । हरेक दलमा केन्द्रबाट जसजसको नाम आउँछ, तिनीहरुलाई काँधमा राखेर कुद्न बाहेक कार्यकर्तारुपी जनताको अर्को विकल्प पनि छैन ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति