
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पैसा तिरेर बनाईका चुनावी घोषणा–पत्र पढेर सुनाउने र अगुवापछुवा लगाएर ताली बजाउनेहरुबाट न त देश विकासको अपेक्षा गर्न सकिन्छ, न त जनप्रतिनिधिका रुपमा यस्ता व्यक्तिसँग ढुक्क हुन सकिन्छ । तर पनि हामीसँग विकल्प छैन ।
भनिन्छ, लोकतन्त्रमा सबैभन्दा शक्तिशाली भनेका जनता हुन् । तर यहाँ लोकतन्त्र वा गणतन्त्र जे भने पनि जनता भनेका दास कैं रुपमा देखा परिरहेका छन् । विभिन्न राजनीतिक दलमा आवद्ध रहेर विभाजित जनताहरुले आफूखुशी जनप्रतिनिधि चुन्न भने पाउँदैनन् । केन्द्रमा रहेका नेताहरुको ईशारामा चुनिएका पात्रहरुलाई नै आफ्नो भाग्यविधाता मानेर मतदानको प्रक्रियामा सामेल हुन बाध्य छन् जनता । जीवनभर तस्करी, भ्रष्टाचार, वेथिति र व्यभिचारी गरेर आर्जन गरेको सम्पत्ति केन्द्रीय नेताको पाउँमा लगेर केही चढाई दिएपछि एक्कासी नेता बन्नेहरुदेखि राजनीतिलाई प्रयोग गरेर स्वार्थसिद्ध गर्न पल्किएका अवसरवादीहरु हावी भएको वर्तमान अवस्था छ । यो अवस्थामा हामीले नजिकिंदै गरेको निर्वाचनमा कस्तो जनप्रतिनिधि चुन्ने भन्ने कुरा केबल गफ नै हो ।
देश र जनतालाई शिरमा राखेर सेवकको रुपमा काम गर्ने जनप्रतिनिधि पाउनै मुस्किल छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले लगायतका राजनीतिक दलका नेताहरुको गतिविधिहरुलाई हेर्ने हो भने तटस्थ रहने जनताले आफ्नो नेता हो भनेर ढुक्क हुने अवस्था नै छैन । राजनीतिमा कमाउनका लागि होमिएका, अपराधलाई लुकाउनका लागि छिरेका र संरक्षणका लागि ओत लागेकाहरुबाट आमजनताले अपेक्षा गर्नु मुर्खता सिवाय केही देखिदैंन ।
हामी जनता पनि एकदमैं स्वार्थी भएका छौं । हामीलाई साझा स्वार्थ भन्दा नितान्त व्यक्तिगत स्वार्थले थिचेको छ । आफूलाई जसरी फाईदा हुन्छ, हामी त्यसरी नै चल्छौं । आफ्नो स्वार्थका लागि न त हामीलाई कुनै विचारसँग मतलव छ, न त कुनै नैतिकता र स्वाभिमानको ख्याल छ । हेर्दा अलग–अलग विचारधाराका मानिसहरु देखिन्छन् तर लुट्ने बेलामा एकजुट हुन्छन् । अनि नेतालाई मात्र सरापेर पनि हामी कहिल्यै माथि लाग्दैनौं । एकातिर हामी जनताको यहीँ कमजोरीलाई राम्रोसँग बुझेका नेताहरुले हामीलाई गोटी बनाएर सजिलैसँग चलाई रहेका छन् । यदि हामी जनता भित्र पनि विवेक र स्वाभिमान अनि राष्ट्रप्रति सच्चा प्रेम हुन्थ्यो भने देशको विकासले निकै माथिसम्म फड्को मारेको हुन्थ्यो ।
आफूलाई जसरी फाईदा हुन्छ, हामी त्यसरी नै चल्छौं । आफ्नो स्वार्थका लागि न त हामीलाई कुनै विचारसँग मतलव छ, न त कुनै नैतिकता र स्वाभिमानको ख्याल छ । हेर्दा अलग–अलग विचारधाराका मानिसहरु देखिन्छन् तर लुट्ने बेलामा एकजुट हुन्छन् । अनि नेतालाई मात्र सरापेर पनि हामी कहिल्यै माथि लाग्दैनौं ।
त्यसैले नजिकिदैं गरेको निर्वाचन अनि हामीले चुन्ने जनप्रतिनिधि हामी जस्तै स्वार्थी र अवसरवादी नै आउनेछन् । हामीलाई हाम्रो स्वार्थसिद्ध कसरी हुन्छ भन्ने मतलव छ, नेताहरुलाई पनि कसरी जनतालाई भ¥याङ बनाएर माथि पुग्ने भन्ने छ । यतिबेला राजनीति कमाउने सबैभन्दा ठुलो व्यवसाय बन्न पुगेको छ । हामीले सरसर्ती हेर्ने हो भने राजनीतिमा लाग्नेहरुको जीवनयापनबाट पनि यो कुराको सजिलैसँग पुष्टि हुन्छ नैं । राष्ट्र दोहन गर्ने, कुनै पनि नीति भन्दा बाहिर गएर स्वार्थका लागि चलखेल गर्ने अवसरवादीहरुको झुण्डले अँध्यारो कोठामा बसेर चुन्ने जनप्रतिनिधिलाई हामीले मत दिएर वैधानिकता प्राप्त गराउनु बाहेक अरु भूमिका केही देखिदैंन । त्यसैले हामी जनतासँग यो बल र साहस छैन कि हामीले कस्तो जनप्रतिनिधि चुन्ने भन्ने ? त्यसैले हामीलाई सेटिङ र अँध्यारो कोठामा भएको गोप्य चलखेलबाट जस्तो पात्र आउँछ त्यसैलाई भोट गर्नु बाहेक हामीसँग अरु विकल्प पनि छैन ।
हामीले भोट दिने भनेर देखा पर्ने नेताहरुमा न त दुरदृष्टि छ, न त विकासप्रतिको कुनै योजना नै छ । पैसा तिरेर बनाईका घोषणा–पत्र पढेर सुनाउने र अगुवापछुवा लगाएर ताली बजाउनेहरुबाट न त देश विकासको अपेक्षा गर्न सकिन्छ, न त जनप्रतिनिधिका रुपमा यस्ता व्यक्तिसँग ढुक्क हुन सकिन्छ । तर पनि हामीसँग विकल्प छैन । वैकल्पिक शक्तिका रुपमा उदाएकाहरु हुन् वा क्रान्तिकारी भनेर जनयुद्ध गरेर आएका हुन् । अहिलेको अवस्थामा सबैलाई जनताले राम्रोसँग देखिसकेका छन्, कुनै दलका नेता पनि देशप्रति न त वफादार छन्, न त राजनीतिप्रति नै इमान्दार छन् । त्यसैले हामीले चुन्ने जनप्रतिनिधि कस्ता हुन्छन् भनेर जनताले टाउको दुखाउनै पर्ने अवस्था छैन । हरेक दलमा केन्द्रबाट जसजसको नाम आउँछ, तिनीहरुलाई काँधमा राखेर कुद्न बाहेक कार्यकर्तारुपी जनताको अर्को विकल्प पनि छैन ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए