
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
३स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
४कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
५उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
९कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका १० थान्सिङकोटमा अवस्थित पवित्र धार्मिकस्थल मालिकामाई मन्दिर र सो क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरिएको छ । वर्षाैंँदेखि हिन्दूधर्म संस्कार र संस्कृतिअनुरुप पूजार्चना गरिँदै आएको सो मन्दिरको भौतिक संरचनासँगै आसपासमा अन्य धार्मिक, पुरातात्विक, पर्यवरणीय र पर्यटकीय महत्वका संरचना निर्माण गरी सुव्यवस्थित बनाउने उद्देश्यले गुरुयोजना निर्माण गरिएको हो ।
नगर कार्यपालिकाका समन्वयमा वडा कार्यालयले निर्माण गरेको गुरुयोजना सम्पन्न गर्न रु तीन करोड २८ लाख लाग्ने भएको छ गुरुयोजनामा मालिकाको मुख्य मन्दिर, गणेश मन्दिर, पुजारी घर, चौतारो, पोखरीलगायत संरचना निर्माण गरिने इञ्जिनीयर विदुर घिमिरेले बताउनुभयो । आइफिल इञ्जिनिरिङ कन्सल्टेन्सी प्रालिले विस्तृत नक्शाङ्कन सर्वे र डिजाइन गरेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष रामचन्द्र भण्डारीले समग्र वडाको विकासका लागि क्षेत्रगत अध्ययन गरी योजना निर्माण गरिएको र सोहीअनुरुप आफू अघि बढेको बताउनुभयो ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गराउने लक्ष्यका साथ रु चार लाखका लागतमा मालिकामाई क्षेत्र विकासको गुरुयोजना निर्माण गरिएको जनाइएको छ । नगर प्रमुख रमेशकुमार पाण्डेले धार्मिक महत्वले निकै अगाडि रहेको मध्यविन्दु नगरअन्तर्गतका मठमन्दिर र अन्य धार्मिक संरचनाको सम्बद्र्धन, प्रबद्र्धन र विकास गरी थप व्यवस्थित गरिने बताउनुभयो ।
करापुटारस्थित इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिर, तान्द्राङकोटस्थित नागभैरव थान, टक्सारस्थित देवीथान, शिवालय पाञ्चायन मन्दिर, थान्सिङकोटस्थित मालिकामाईलगायत मन्दिर र देवालयकै कारण आफ्नो नगरको धार्मिक महत्व र सम्भावना निकै उच्च रहेको उहाँको भनाइ छ । मालिकामाई क्षेत्रको विकासका लागि गुरुयोजनानुरुप काम नगरले गर्ने र सम्बन्धित कार्यालय वा निकायमा पनि पहल गरिने बताउँदै उहाँले बिजुली, खानेपानी र तत्काल आवश्यक पर्ने संरचना निर्माणका लागि प्राविधिक अध्ययन गरी छिट्टै थालिने जानकारी दिनुभयो । मालिका मन्दिर र कोइराला परिवारका बीचमा पुस्तैनी र पुख्र्यौली सम्बन्ध भएकाले वडा तथा नगरपालिकाले सो क्षेत्रमा बिपी(विश्वेश्वरप्रसाद कोइराला) उद्यान निर्माण गर्ने प्रस्ताव गरेकाले मन्दिर वरिपरि उद्यान नै निर्माण गर्ने योजनासमेत गुरुयोजनामा समावेश गरिएको इञ्जिनीयर घिमिरेले बताउनुभयो ।
मालिका मन्दिरमा विशेष तिथि र पर्वमा पूजार्चना हुँदै आएको पुजारी हरिश्चन्द्र कोइरालाले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासीमा मालिकामाईको भक्तिबाट मनोकाङ्क्षा पूरा हुने, घरपरिवारको सुखशान्ति र कल्याण हुने तथा खेतीबाली र पशुपक्षीको रक्षा हुने धार्मिक विश्वास छ । यहाँ बाख्राका ससाना पाठी र परेवा चढाएर पूजा गर्ने र प्रसाद घरमा नलगी मन्दिर परिसरमै पकाएर खाने प्रचलन छ । आसपासका नेटा थान्सिङ, धुसेनी, हाँडीखोला, बाँग्रे, कानेश्वाँरा, तुर्लुङ, सिन्दुरेतुर्लुङ, ठूलोस्वाँरातुर्लुङ, दुराडाँडा क्षेत्र, टक्सार, जितादेखि विभिन्न ठाउँबाट श्रद्धालु भक्तजन मन्दिरमा पूजाआजा र दर्शनका लागि आउने गरेको पुजारी कोइराला जानकारी दिनुहुन्छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ