News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारियो

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको हो ।