
१आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
३सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
४निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
५‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
६कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
७स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
८१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
९प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
१०गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
११जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
१२गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
९नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित गर्नेबारे अमेरिकी मन्त्रीले नेपालका शीर्ष नेताहरूसँग फोनमा कुराकानी गरेका छन्।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै फोन गरेका हुन्।
बिहीबार बिहान ९ प्रधानमन्त्री देउवासँग भएको टेलिफोन कुराकानीमा सहायक मन्त्री लुले देउवा र प्रचण्डले लिखित प्रतिबद्धता जनाएअनुसार फेब्रुअरी अन्तसम्म संसदबाट एमसिसी पारित हुनुपर्ने नभए फिर्ता जाने बताएका थिए। साथै उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने धम्की दिएका छन् ।
नेताहरुका अनुसार एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दबाव दिने क्रममा अमेरिकी अधिकारीहरुले यसअघि चिनियाँ हस्तक्षेप भनेर बुझ्नेदेखि नाकाबन्दी लगाउनेसम्मको धम्की दिने गरेका थिए । यसपटक सहायकमन्त्री लूले पनि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।
उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रो अनुदान सहयोग पनि चीनले हस्तक्षेप गरेर स्थगित गर्यो भनेर बुझ्छौं भनेर उहाँले भन्नुभयो,’ उच्च स्रोत भन्छ ।
जवाफमा कसले के भने ?
स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो दल नेपाली कांग्रेस एमसिसी पारित गर्न प्रतिबद्ध रहेको र आफूले गठबन्धनका अरू नेताहरूलाई पनि मनाउन प्रयास गरिरहेको बताए।
ओली र प्रचण्डसँग पनि लुले बिहिबार नै कुरा गरेका थिए। उनले दुवै नेतासँग एमसिसी पारित गरेर दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए। एमाले अध्यक्ष ओलीले भने आफूहरू प्रतिपक्षमा भएकाले यो सम्झौता पास गर्ने कुरा सरकारको विषय भएको जवाफ दिएका थिए।
‘एमसिसी पारित गर्न सहयोग गर्नुपर्यो, दुई देशबीच सहमति भएको विषय रोक्न हुँदैन। नेपालको विश्वसनीयताको कुरा पनि हुन्छ भन्ने अमेरिकी सहायक मन्त्रीको भनाइ थियो,’ एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने, ‘अध्यक्षज्यूले हामी अहिले सरकारमा छैनौं। कुनै जिम्मेवारीमा छैनौं। सरकारसँग बहुमत छ, उसले चाहेमा टुंगो लगाउन सक्छ भन्नुभएको छ।’
ओलीले अहिलेसम्म सरकारले यसबारे कुनै निर्णय नगरेको लुलाई बताएका थिए। प्रचण्डसँगको कुराकानीमा लुले एमसिसी पारित नभए चीनको हस्तक्षेपका रूपमा लिने बताएको स्रोतले बतायो। जवाफमा प्रचण्डले यसलाई चीनसँग जोडेर हेर्न नहुने तर्क गरेका थिए।
‘एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ। अमेरिकी सहायक विदेशमन्त्रीले त्यो नसकिने भन्नुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘एमसिसीलाई चीनसँग जोड्न हुँदैन भनेर अध्यक्षले स्पष्ट पार्नुभएको छ। साथै उहाँले एमसिसीबारे अब चुनावपछि मात्रै निर्णय गर्नुपर्ने समेत बताउनुभयो।’
चुनावी माहोल सुरू भइसकेकाले चुनावपछि यसको टुंगो लगाउन उचित हुने धारणासमेत प्रचण्डले राखेका थिए। सहायक विदेशमन्त्री लुले भने एमसिसी पारित नभए दुई देशबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएका थिए।
लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए। त्यति बेला उनले तीनै जना नेतालाई भेटेर गएका थिए। लुको भ्रमण हुने बेला प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसिसी पारित गर्न आफूहरूले विभिन्न काम गर्ने प्रतिबद्धतासहित चार/पाँच महिनाको समय मागेर चिठी लेखिसकेका थिए।
एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ सम्म सम्झौता संसदबाट पारित नभए फिर्ता जाने बताएको भोलिपल्ट सहायक विदेश मन्त्री लुले नेपाली नेताहरूलाई फोन गरेका हुन्।
बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयनका लागि आगामी तीन साता निकै महत्वपूर्ण रहेको बताएकी थिइन्।
फेब्रअरी अन्तिमको समय-सीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफैं तोकेकाले फेरि समय थप्न नसकिने उनले बताइन्।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन