
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित गर्नेबारे अमेरिकी मन्त्रीले नेपालका शीर्ष नेताहरूसँग फोनमा कुराकानी गरेका छन्।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै फोन गरेका हुन्।
बिहीबार बिहान ९ प्रधानमन्त्री देउवासँग भएको टेलिफोन कुराकानीमा सहायक मन्त्री लुले देउवा र प्रचण्डले लिखित प्रतिबद्धता जनाएअनुसार फेब्रुअरी अन्तसम्म संसदबाट एमसिसी पारित हुनुपर्ने नभए फिर्ता जाने बताएका थिए। साथै उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने धम्की दिएका छन् ।
नेताहरुका अनुसार एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दबाव दिने क्रममा अमेरिकी अधिकारीहरुले यसअघि चिनियाँ हस्तक्षेप भनेर बुझ्नेदेखि नाकाबन्दी लगाउनेसम्मको धम्की दिने गरेका थिए । यसपटक सहायकमन्त्री लूले पनि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।
उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रो अनुदान सहयोग पनि चीनले हस्तक्षेप गरेर स्थगित गर्यो भनेर बुझ्छौं भनेर उहाँले भन्नुभयो,’ उच्च स्रोत भन्छ ।
जवाफमा कसले के भने ?
स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो दल नेपाली कांग्रेस एमसिसी पारित गर्न प्रतिबद्ध रहेको र आफूले गठबन्धनका अरू नेताहरूलाई पनि मनाउन प्रयास गरिरहेको बताए।
ओली र प्रचण्डसँग पनि लुले बिहिबार नै कुरा गरेका थिए। उनले दुवै नेतासँग एमसिसी पारित गरेर दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए। एमाले अध्यक्ष ओलीले भने आफूहरू प्रतिपक्षमा भएकाले यो सम्झौता पास गर्ने कुरा सरकारको विषय भएको जवाफ दिएका थिए।
‘एमसिसी पारित गर्न सहयोग गर्नुपर्यो, दुई देशबीच सहमति भएको विषय रोक्न हुँदैन। नेपालको विश्वसनीयताको कुरा पनि हुन्छ भन्ने अमेरिकी सहायक मन्त्रीको भनाइ थियो,’ एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने, ‘अध्यक्षज्यूले हामी अहिले सरकारमा छैनौं। कुनै जिम्मेवारीमा छैनौं। सरकारसँग बहुमत छ, उसले चाहेमा टुंगो लगाउन सक्छ भन्नुभएको छ।’
ओलीले अहिलेसम्म सरकारले यसबारे कुनै निर्णय नगरेको लुलाई बताएका थिए। प्रचण्डसँगको कुराकानीमा लुले एमसिसी पारित नभए चीनको हस्तक्षेपका रूपमा लिने बताएको स्रोतले बतायो। जवाफमा प्रचण्डले यसलाई चीनसँग जोडेर हेर्न नहुने तर्क गरेका थिए।
‘एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ। अमेरिकी सहायक विदेशमन्त्रीले त्यो नसकिने भन्नुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘एमसिसीलाई चीनसँग जोड्न हुँदैन भनेर अध्यक्षले स्पष्ट पार्नुभएको छ। साथै उहाँले एमसिसीबारे अब चुनावपछि मात्रै निर्णय गर्नुपर्ने समेत बताउनुभयो।’
चुनावी माहोल सुरू भइसकेकाले चुनावपछि यसको टुंगो लगाउन उचित हुने धारणासमेत प्रचण्डले राखेका थिए। सहायक विदेशमन्त्री लुले भने एमसिसी पारित नभए दुई देशबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएका थिए।
लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए। त्यति बेला उनले तीनै जना नेतालाई भेटेर गएका थिए। लुको भ्रमण हुने बेला प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसिसी पारित गर्न आफूहरूले विभिन्न काम गर्ने प्रतिबद्धतासहित चार/पाँच महिनाको समय मागेर चिठी लेखिसकेका थिए।
एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ सम्म सम्झौता संसदबाट पारित नभए फिर्ता जाने बताएको भोलिपल्ट सहायक विदेश मन्त्री लुले नेपाली नेताहरूलाई फोन गरेका हुन्।
बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयनका लागि आगामी तीन साता निकै महत्वपूर्ण रहेको बताएकी थिइन्।
फेब्रअरी अन्तिमको समय-सीमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफैं तोकेकाले फेरि समय थप्न नसकिने उनले बताइन्।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर