News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पाल्पामा चिसोबाट एकको मृत्यु

पाल्पा, २२ माघ । तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो ।

तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ । अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताउनुभयो ।