
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
कास्की, २२ माघ । माछापुच्छ्रे गाउँपालिकाका दुई वडालाई जोड्ने गरी पक्की मोटरेबल पुल निर्माण सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट माछापुच्छ्रे–२ र ३ जोड्ने गरी सेती नदीमाथि पुल निर्माण गर्न लागिएको हो । मोटरेबल सो पुलको आज प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गर्नुभयो । प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग गत साउन २५ गते ठेक्का सम्झौता गरिएको पूर्वाधार कार्यालयका प्रमुख महेन्द्र बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्झौताका मितिले दुई वर्ष विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुवैतर्फ डेढ मिटर फुटपाथसहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ । पुल निर्माणपछि माछापुच्छ«को उत्तरी भेगसहित पोखरा महानगरपालिका–१९ का नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइन्छ ।
पुल शिलान्यास गर्दै अर्थमन्त्री बरालले गाउँपालिकाका सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ«े गाविसका नागरिकका लागि अत्यावश्यक सो पुल प्रदेश सरकारले प्राथमिकतामा राखेर योजना कार्यान्वयन सुरु गरेको बताउनुभयो । प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपीआरका लागि रु ७५ लाख बजेट विनियोजन भएको जानकारी दिँदै उहाँले पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भए पनि अब स्रोतको अभाव नरहने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजनाअघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना प¥र्यो, तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वभाविक हो, धेरै मिहिनेतपछि यसवर्ष पुलको स्रोतको सुनिश्चित भएको छ ।”
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा पालिकामा पूर्वाधार निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले अब धिप्राङ र मर्दी खोलामा पुल निर्माणपछि पालिकाका नौवटै वडा सडक सञ्जालबाट जोडिने जानकारी दिनुभयो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष विक्रम गुरुङ, वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्साल, नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीका सदस्य प्रविणा अधिकारी, नेपाली कांग्रेस गाउँपालिका समितिका उपसभापति मेखबहादुर गुरुङ, निर्माण कम्पनीका प्रतिनिधि निर्मल सिटौला लगायतले पक्की पुल निर्माणसँगै जनतालाई गाउँपालिका केन्द्र आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग