
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
भक्तपुर, २१ माघ । आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिनुभयो ।
रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भन्नुभयो, “कोरोनाले थलापरेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरी आउँदा हामी खुसी भएका छौँ ।”
भक्तपुर वरिपरिका सबै डाँडा हिउँले सेताम्मे भएका छन् । पर्यटकीय क्षेत्र चाँगुनारायण, त्रिशुल डाँडा, तेलकोट, नगरकोट, बतासे डाँडा, नगरकोट टावर, बोझिनी, कलमसीलगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेपछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ । दिउँसो १ बजे पछिनै नगरकोटमा आन्तरिक पर्यटकको चाँप ह्वात्तै बढेको नगरकोटस्थित होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिउँसोदेखिनै आन्तरिक पर्यटकको चाप बढेको छ, राति बस्ने गरी धेरै पर्यटक आउनुभएको छ, तीन वर्षपछि नगरकोटमा परेको हिउँले पर्यटन व्यवसायमा थप ऊर्जा मिलेको छ ।”