
१स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
२जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
३हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
४८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
५पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
६पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
७कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१०स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
११विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
१२पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१२रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
भक्तपुर, २१ माघ । आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिनुभयो ।
रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भन्नुभयो, “कोरोनाले थलापरेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरी आउँदा हामी खुसी भएका छौँ ।”
भक्तपुर वरिपरिका सबै डाँडा हिउँले सेताम्मे भएका छन् । पर्यटकीय क्षेत्र चाँगुनारायण, त्रिशुल डाँडा, तेलकोट, नगरकोट, बतासे डाँडा, नगरकोट टावर, बोझिनी, कलमसीलगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेपछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ । दिउँसो १ बजे पछिनै नगरकोटमा आन्तरिक पर्यटकको चाँप ह्वात्तै बढेको नगरकोटस्थित होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिउँसोदेखिनै आन्तरिक पर्यटकको चाप बढेको छ, राति बस्ने गरी धेरै पर्यटक आउनुभएको छ, तीन वर्षपछि नगरकोटमा परेको हिउँले पर्यटन व्यवसायमा थप ऊर्जा मिलेको छ ।”
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?