News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेप्सेको सीईओमा कार्की नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

१७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो । छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो ।

यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।

पाल्लपा स्थायी घर भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख थिए । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजनीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।