News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आयोगले भन्यो-‘स्थानीय चुनाव गर्न १२ अर्ब खर्च लाग्छ’

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि करिब १२ अर्ब खर्च लाग्ने भएको छ। निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्दा स्थानीय चुनावका लागि १२ अर्ब खर्च हुने विवरण पेश गरेको छ।

०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन हुँदा ८ अर्बभन्दा बढी खर्च लागेको थियो। एकै चरणमा निर्वाचन नगर्ने हो भने यसपालि पनि १२ अर्बभन्दा धेरै खर्च लाग्ने आयोगले बताएको छ।

सरकारले जेठ ४ मा स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने तयारी गरेको छ। आज प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरूसँग छलफल गर्दा एकै चरणमा जेठ ४ मा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदबाट स्थानीय चुनावको मिति तय गर्ने बताएका छन्।