
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं । मंगलबार देशका थोरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको प्रभावले मंगलबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मन्जु् बासीले जानकारी दिइन्।
उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।
यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
यसैगरी बुधबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
बुधबार रातिदेखि भने देशका धेरै ठाउँमा वर्षासँगै हिमपात हुनेछ। पश्चिम नेपालबाट अर्को प्रणाली प्रवेश गर्न लागेकाले बुधबार रातिदेखि पानी र हिउँ पर्ने क्रम बढ्ने मौसमविद् बासीले जानकारी दिइन्।
उनका अनुसार यसको प्रभावले बुधबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हका वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै तथा गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा भने मौसम सामान्यतया सफा रहनेछ।
बुधबार राति नेपाल प्रवेश गर्ने प्रणालीको प्रभावले बिहीबार दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केहि भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ।
यस्तै बिहीबार राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही भूभागमा मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ। उनका अनुसार बिहीबार राति यो प्रणाली देशभर फैलिएर शुक्रबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान