
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
दाङ । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् ।
विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप लगाइने र घोराहीमा दोस्रो मात्रा तथा यसअघि छुटेका बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।
यसअघि गत पुस २० देखि २६ गतेसम्म घोराहीका २२ हजार ४५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको थियो । घोराहीका बालबालिकालाई दोस्रो मात्रा र त्यतिबेला छुटेका बालबालिकालाई पहिलो मात्रा दिइने प्रमुख शाहीले जानकारी दिए।
घोराहीबाहेकका अन्य पालिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यसअघि खोप अभियान चलाइएको छैन । माघ ४ गते गृह, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको थियो।
दाङमा अहिलेसम्म ८८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाउने ८८ प्रतिशत र दोस्रो डोज लगाउने ६१ प्रतिशत छन् ।
स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलका अनुसार पहिलो डोज लगाउने तीन लाख ५० हजार ५२७ जना र दोस्रो डोज लगाउने दुई लाख ६७ हजार ६३३ जना रहेका छन् ।
घोराहीमा एक लाख २८ हजार ११ जनाले पहिलो र ९३ हजार ४३० जनाले दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी तुलसीपुरमा ९७ हजार २२३ जनाले पहिलो र ७१ हजार ९८० जनाले दोस्रो डोज खोप लगाएको अधिकृत पौडेलले जानकारी दिए ।
लमहीमा ३० हजार ६८५ जनाले पहिलो र २६ हजार २३८ जनाले दोस्रो डोज लगाएका छन् । यसैगरी बङ्गलाचुलीमा आठ हजार ८८५ जनाले पहिलो र सात हजार २०१ जनाले दोस्रो डोज खोप लगाएको तथ्याङ्क छ ।
बबईमा १४ हजार ३९५ जनाले पहिलो र १० हजार २४४ जनाले दोस्रो, शान्तिनगरमा १४ हजार ८८४ जनाले पहिलो र नौ हजार ७७३ जनाले दोस्रो, दङ्गीशरणमा ११ हजार ६३६ जनाले पहिलो र नौ हजार दुई जनाले दोस्रो डोज खोप लगाएका छन् ।
राप्तीमा २२ हजार ५०० ले पहिलो र २० हजार ४५२ जनाले दोस्रो, गढवामा २० हजार १०२ जनाले पहिलो र १३ हजार ७४७ जनाले दोस्रो र राजपुरमा १२ हजार ७९९ जनाले पहिलो र पाँच हजार ५६६ जनाले दोस्रो डोज खोप लगाएका छन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर