
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । शनिबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ। शुक्रबार सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्।
उपत्यकाका सीडीओले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटठाउनेलगायत महत्वपूर्ण निर्णय गरेको छ। यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा शुक्रबार जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।
सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधनले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।
अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू हुने छैन ।
खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ ।
निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।
सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।
आदेशमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको र जिल्ला भित्रका सबै सार्वजनिक तथा सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध गर्न भनिएको छ । सकेसम्म विद्युतीय प्रणालीबाट सेवा दिन भनिएको छ । कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउन अनुरोध गरिएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटसल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ ।
शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्नुपर्ने छ । जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ ।
आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर्स, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्नै छ । तर उनीहरूसँग पूर्ण खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि हुने) हुनुर्पेछ ।
पार्टी प्यालेसमा एकपटकमा कूल क्षमताको एक चौथाइ नबढ्ने गरी प्रजिअबाट पूर्वस्वीकृित लिई विवाह, व्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न पाइने छ ।
सबै प्रकारका व्यवसायमा हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्रै काममा खटाउनुपर्नेछ । होटल रेष्टुरेण्टको हकमा स्वास्थ्यका सबै मापदण्ड पालना गरी÷गराई कूल क्षमताको आधाभन्दा बढी नहुने गरी र एक पटकमा २० जना नबढ्ने गरी कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।
यसरी प्रवेश गर्दा खोपको मात्रा पूरा गरेका मानिस हुनुपर्नेछ । होटलमा चेक इन गर्दाको अवस्थामा वा चेक–इन गरेको २४ घण्टाभित्र आफ्नो बास बस्ने हरेक ग्राहकको होटलले नै एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु आदेशमा भनिएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर