
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
गृह मन्त्रालयले भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनाएको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन भएको हो।
बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै समिति गठन भएको जानकारी दिएको हो। ‘नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण गरी भिजिट भिसा र सोबाट सृजित समस्याको विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
समितिलाई भिसा उपलब्ध गराउन मापदण्ड बनाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवगमन सहजीकरण, अध्यागमन प्रणाली सुधार अन्तर्राष्ट्रिय उडान तालिका सुधार, ट्रान्जिटमा यात्रुहरूको व्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
त्यस्तै, श्रमिकहरू विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा पनि सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ।प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ।
उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड समेतका प्रतिनिधि छन्।
यसअघि मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा श्रम गन्तव्य मुलुकहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई यात्रु अलपत्र पर्ने, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको संरचनात्मक सुधार तथा व्यवस्थापनलगयात विषयमा सरोकारवालाहरूसँग बैठक बसेको थियो।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा