
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सातवटै प्रदेशमा निर्वाचन जारी छ । मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मधेश प्रदेशमा पटक–पटक झडप भए पनि अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । यद्यपि मतदान भने नरोकिएको निर्वाचन आयोगले जनाएको छ ।
जनकपुरधाम तनावग्रस्त
मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको छ । जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् ।
सो क्रममा सुमन र मेयर गणेश प्रसाईं सामान्य घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् ।
किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले आज निर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए । निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
बागमतीमा पनि केहीबेर तनाव
बागमती प्रदेशमा पनि केहीबेर तनावको स्थिति देखियो । प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको हो ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो । त्यही बेला माओवादी केन्द्रका अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि श्रेष्ठसँग बाझेका थिए ।
श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लंघन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै प्रतिवाद गरेका थिए । त्यही बेला धकेलाधकेल मुक्का हानाहानको अवस्था सिर्जना भएको थियो ।
हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान बिहान ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको थियो । त्यही बेला फोटो खिचेको विषयको विवादले फेरि पनि केहीबेर मतदान रोकिएको थियो ।
अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण छ । प्रदेश १ मा सामाजिक विकास मन्त्री जयराम यादवले पहिलो मतदान गरेका थिए । मुख्यमन्त्री राजेन्द्र राईले पनि मतदान गरेका थिए ।
यसैगरी लुम्बिनी प्रदेशको दाङस्थित कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि नै मतदान जारी छ । मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा मतदान गरे । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मतदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन भइरहेको हो । लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको कार्यकाल सकिदैछ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ । सुदूरपश्चिममा तीन सिटका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा मतदान शुरू भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् । गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर