News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

जुन हालसम्मकै उच्च भएको उनले बताए । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पनि हालसम्मकै धेरै पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

अधिकारीका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । जसमा उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।

यस्तै बितेको २४ घण्टामा ४ जनाले कोरोनाबाट ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ। हाल होम आइसोलेशनमा ४६ हजार ५१५ र बाँकी संस्थागत आइसोलेनमा संक्रमितहरु रहेका छन् ।

अधिकारीका अनुसार हाल देशभर ४७ हजार ९२९ जना सक्रिय सक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये आईसीयुमा १६९ र भेन्टिलेनरमा २८ जना रहेका छन् ।