
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
काठमाडौँ । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्। यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।
हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्।
उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।
गत एक महिनायता गोविन्दे र ध्रुवेले एक–एक जनाको ज्यान लिइसकेका छन्। यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको सङ्गमस्थलतिर छ। गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन्।
तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन। तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउँछन्।
निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा अधिकांश छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन्। यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।
‘यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ,’ उनले भने। निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो। ‘यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ,’ उनले भने।
निकुञ्ज संरक्षणमा लामो अनुभव संगाल्नुभएका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिन्छन्। धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उनले बताए।
कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन्। यो आफैँमा जोखिम रहेको खड्काको भनाइ छ। हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उनको सुझाव छ। अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन्।
यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ। हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भने, ‘हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र?’
आफूलाई खतरा महसुस गरेर नै हात्तीले आक्रमण गर्ने उनको भनाइ छ। चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ।
गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ। समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्कासित हुने गर्दछ। समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताए। वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन्।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ