
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । उत्तरी धादिङको रुविभ्याली गाउपालिकाको तिप्लिङमा पहिरोमा परी बेपत्ता भएका ३ जना अझै फेला परेका छैनन् । हाल तिप्लिङ नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार बिहीबार साँझसम्म पनि हराएका व्यक्तिहरु भेटिएका छैनन् । बिहीबार साँझ रात परेपछि खोजीकार्य स्थगित गरिएको र शुक्रबार बिहान ८ बजेबाट पुनः खोजी कार्य सुरु गरिने प्रजिअ लम्सालले बताए ।
प्रजिअ लम्सालका अनुसार हाल उद्धार कार्यका लागि नेपाली सेनाको मेजरको कमाण्डमा २० जना सेना, शसस्त्र प्रहरीका इन्सपेक्टरको कमाण्डमा ११ जना शसस्त्र प्रहरी र जनपथ प्रहरीका इन्सपेक्टरको कमाण्डमा ५ जना जनपथ प्रहरी उद्धारका लागि घटनास्थलमा खटिएका छन् । उनीहरुलाई नेपाली सेना तथा निजी हेलिकोप्टरबाट घटनास्थलमा पठाइएको थियो ।
बिहीबार दिनभर उद्धारको प्रयास गरिएपनि माथिबाट सुख्खा पहिरो खसिरहेको कारण उद्धारमा कठिनाई भएको प्रजिअ लम्सालले बताए । उद्धारका खटिएका सुरक्षाकर्मीहरु यतिबेला तिप्लिङको लाथुङ कार्बो प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन् । बिहीबार बिहान डोजरबाट बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा उत्तरी धादिङको तिप्लिङमा डोजरसहित तीनजना वेपत्ता भएका थिए ।
वेपत्ता हुनेहरुमा डोजरचालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय सहचालक राजु तामाङ र उनीहरुलाई सहयोग गरिरहेका स्थानीय २५ वर्षीय अनिश तामाङ पनि पहिरोमा परी वेपत्ता भएका थिए । बिहीबार बिहानैबाट खोजी र उद्धार कार्य सुरु गरिएको भएपनि उनीहरुलाई फेला पार्न सकिएको छैन ।
प्रजिअ लम्सालका अनुसार खोजीका क्रममा डोजरको आधा भाग देखिएपनि हराएका व्यक्तिहरु फेला पार्न सकिएको छैन । धादिङका प्रजिअ कृष्णप्रसाद लम्सालका अनुसार उक्त स्थान भौगोलिक दृष्टकोणले कमजोर रहेको रिपोर्ट पहिले नै आएको थियो ।
पहिले पनि उक्त स्थानमा सुख्खा पहिरो खस्ने गरेको थियो । भूकम्पपछि उक्त स्थान अझै कमजोर बनेको भएपनि उचित सतर्कता अपनाउन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान