
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
काठमाडौँ । उत्तरी धादिङको रुविभ्याली गाउपालिकाको तिप्लिङमा पहिरोमा परी बेपत्ता भएका ३ जना अझै फेला परेका छैनन् । हाल तिप्लिङ नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार बिहीबार साँझसम्म पनि हराएका व्यक्तिहरु भेटिएका छैनन् । बिहीबार साँझ रात परेपछि खोजीकार्य स्थगित गरिएको र शुक्रबार बिहान ८ बजेबाट पुनः खोजी कार्य सुरु गरिने प्रजिअ लम्सालले बताए ।
प्रजिअ लम्सालका अनुसार हाल उद्धार कार्यका लागि नेपाली सेनाको मेजरको कमाण्डमा २० जना सेना, शसस्त्र प्रहरीका इन्सपेक्टरको कमाण्डमा ११ जना शसस्त्र प्रहरी र जनपथ प्रहरीका इन्सपेक्टरको कमाण्डमा ५ जना जनपथ प्रहरी उद्धारका लागि घटनास्थलमा खटिएका छन् । उनीहरुलाई नेपाली सेना तथा निजी हेलिकोप्टरबाट घटनास्थलमा पठाइएको थियो ।
बिहीबार दिनभर उद्धारको प्रयास गरिएपनि माथिबाट सुख्खा पहिरो खसिरहेको कारण उद्धारमा कठिनाई भएको प्रजिअ लम्सालले बताए । उद्धारका खटिएका सुरक्षाकर्मीहरु यतिबेला तिप्लिङको लाथुङ कार्बो प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन् । बिहीबार बिहान डोजरबाट बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा उत्तरी धादिङको तिप्लिङमा डोजरसहित तीनजना वेपत्ता भएका थिए ।
वेपत्ता हुनेहरुमा डोजरचालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय सहचालक राजु तामाङ र उनीहरुलाई सहयोग गरिरहेका स्थानीय २५ वर्षीय अनिश तामाङ पनि पहिरोमा परी वेपत्ता भएका थिए । बिहीबार बिहानैबाट खोजी र उद्धार कार्य सुरु गरिएको भएपनि उनीहरुलाई फेला पार्न सकिएको छैन ।
प्रजिअ लम्सालका अनुसार खोजीका क्रममा डोजरको आधा भाग देखिएपनि हराएका व्यक्तिहरु फेला पार्न सकिएको छैन । धादिङका प्रजिअ कृष्णप्रसाद लम्सालका अनुसार उक्त स्थान भौगोलिक दृष्टकोणले कमजोर रहेको रिपोर्ट पहिले नै आएको थियो ।
पहिले पनि उक्त स्थानमा सुख्खा पहिरो खस्ने गरेको थियो । भूकम्पपछि उक्त स्थान अझै कमजोर बनेको भएपनि उचित सतर्कता अपनाउन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर