
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
वालिङ, २४ पुस । स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थालिने भएको छ । जिल्लाकै समथर र उर्बरायुक्त स्थान चापाकोटमा विशेष गरी सिँचाइ र निर्मित जलाशयबाट पर्यटनसँग जोड्दै आर्थिक लाभ लिन सकिने सम्भावना भएकाले चापाकोट नगरपालिकाको पहलमा सम्भाव्यता अध्ययन र डिपिआर बनाउने भएको हो । “एउटै आयोजनाबाट यस क्षेत्रका बाँझो जमिन सिँचाइ गर्ने र पर्यटकीय क्षेत्र बनाउन सकिने देखिएकाले यसको सम्भाव्यता अध्ययनको काम सुरु गरेका छौँ”, नगर प्रमुख शिवकुमार गिरीले भन्नुभयो, “स्थानीयको पनि माग भएकाले यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएका हौँ ।”
इञ्जिनियरको टोलीद्वारा यसको सम्भाव्यता अध्ययन गर्नुका साथै योजनाको अनुमानित लागत आएपछि त्यसैलाई आधार मानेर थप अगाडि बढिने नगरप्रमुख गिरीले बताउनुभयो । “यो योजनाले चापाकोटका सिँचाइ नपुगेका बाँझा जमिनमा सिँचाइ पु¥याउन सहज हुने र उत्पादनमा वृद्धि हुने विश्वास लिएको छु”, प्रमुख गिरीले भन्नुभयो, “कृषि र पर्यटनसँग प्रत्यक्ष जोडिएकाले पनि यसलाई पूरा गर्नका लागि नगरपालिकाले आगामी योजना बनाउने छ ।”
जलाशय बनाउन उक्त ठाउँ उपयुक्त भएको चापाकोट टार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कृष्ण सुवेदीले बताउनुभयो । “यो योजना यस क्षेत्रकै गौरवको योजना पनि हो, तसर्थ निर्माण कार्यका लागि सबैले सहयोग गर्नुपर्ने देखेको छु”, अध्यक्ष सुवेदीले भन्नुभयो, “सिँचाइको अभावमा बाँझै रहेका जमिनबाट उब्जाउ लिन सकिने सम्भावना छ ।” चापाकोट–९ को पाकरी भन्ने स्थानमा बाँध बाँधेपछि करिब एक किलोमिटर लामो र औसतमा ५० मिटर चौडाइको जलाशय बन्नसक्ने वडाध्यक्ष शङ्करभक्त भण्डारीले बताउनुभयो ।
“नगरपालिकाकै गौरवको योजना हुने भएकाले यसलाई सुरु गर्नसकेमा निक्कै फाइदा पुग्ने थियो”, अध्यक्ष भण्डारीले भन्नुभयो, “जलाशय निर्माणले यहाँको कृषि, पर्यटन र रोजगारीमा फड्को मार्ने विश्वास लिएको छु ।” नगरकै गौरव गर्न मिल्नेमध्येको र त्यो पनि नमूनाका रुपमा रहेकाले यसको सम्भाव्यता अध्ययन गरी प्राप्त प्रतिवेदनमाथि सरोकारवालालाई राखेर बहस हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर