
१रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
३फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
६स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
७कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१०कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
श्रमजीवी पत्रकारको मुद्दा बल्ल उठ्न थालेको छ । त्यो पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन्छ कि हुँदैन हेर्न नै बाँकी छ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका विषयमा आवाज उठाउने निर्णय नयाँ कार्य समिति गठन गर्दा नै गरेको हो । सोही अनुरुप जिल्ला—जिल्लाहरुमा सर्कुलर पनि गरिएको थियो । तर सो अनुरुप काम हुन सकेन । श्रमजीवीका चर्का आवाज उठाउनेहरुले सही ढंगले काम अघि बढाउन सकेनन् । जटिल यो मुद्दामा सामूहिक प्रतिवद्धता नभएसम्म जिल्लाहरुले चाहेर मात्र हुनेवाला केही थिएन । तर यतिबेला केन्द्रीय कार्य समितिले ठुला—ठुला मिडिया हाउसहरुमा धर्ना दिने र निर्णय कार्यान्वयनमा जोड दिने काम गर्नुले केही मात्रामा श्रमजीवी पत्रकारको आवाज महासंघले सुन्छ कि भन्ने झिनो आशा पलाएको छ । राजधानीमा चलेका ठुला मिडिया हाउसले मात्र होइन, सरकारी सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुले समेत श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न सकिरहेका छैनन् । सुरुवात सरकारी सञ्चारगृहहरुबाट नै गर्न आवश्यक छ । राजनीतिक फेरबदलसँगै फेरिने सञ्चार प्रतिष्ठानका कर्मचारी र पत्रकारहरुका विषयमा कसरी काम गर्ने भन्ने सोचनीय पक्ष रहँदै आएको छ । राजनीतिक नियुक्ति कै आधारमा सञ्चारमाध्यमहरुमा गरिने कामलाई कसरी व्यवस्थित गर्ने ? सरकार परिवर्तनसँगै नैतिकताका हिसाबले एउटा कार्यकर्ताको रुपमा काम छाड्ने कि पत्रकारको हिसाबले गर्ने भन्ने विषय विरोधाभास छ । एकातर्फ पत्रकार र अर्कोतर्फ कार्यकर्ता ? यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा नेपाल पत्रकार महासंघ र सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी छ ।
पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमहरुको आयोजना गर्ने भनिए पनि आजसम्म आईपुग्दा सोचे जस्तो काम हुन सकिरहेको छैन । विभिन्न निहित स्वार्थ र झालजेल अनि काम गर्ने तौरतरिका नमिल्दा महासंघले सञ्चालन गर्ने भनिएका कार्यक्रमहरु केबल कागजमा नै सीमित हुन पुगेका छन् । श्रमजीवी पत्रकारलाई दक्ष, सक्षम र स्वाभिमानी बनाउन सकेमात्र पत्रकारिताको विकास सम्भव छ । रहरले छिर्ने यो पेशामा रहेका धेरै पत्रकारहरुलाई तालिमको आवश्यकता छ । उनीहरुलाई भाषादेखि रिर्पोटिङसम्मको तालिम दिनुपर्दछ । विटगत रुपमा पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक छ । हरेक जिल्लामा स्थानीय सञ्चारमाध्यमहरु जस्तै एफएम, पत्रपत्रिका र टेलिभिजनहरु थपिदैं छन् । एउटा पत्रकारले आठ १० ठाउँमा जागिर राख्नु पर्ने अहिलेको अवस्थामा सञ्चारमाध्यमको उल्लेखनीय वृद्धि भए पनि गुणस्तरमा सुधार आउन सकेको छैन ।
अन्त्यमा, श्रमजीवी पत्रकारहरुको हकहितमा नेपाल पत्रकार महासंघले उठाएको आवाज नरोकियोस् । स्थानीयस्तरमा खुलेका साना मिडिया अझ पत्रकारहरुले सञ्चालन गरेका यस्ता सञ्चारगृहहरुलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने बारेमा राज्यले सोचोस् ? मोफसलका पत्रपत्रिकाहरुलाई राज्यले दिने विज्ञापनमा समान होस् । सबैले लोककल्याणकारी विज्ञापन पाउन सकुन् । ठुला मिडिया हाउसलाई पोस्ने काम बन्द होस् । पत्रकार महासंघका नेतृत्व तहमा रहेका व्यक्तिहरु मालिकसँग भन्दा पनि श्रमजीवी पत्रकारको हक, हित र अधिकारका लागि लड्न सकुन् । मिडिया हाउसहरु नाफामा जान सक्ने र श्रमजीवी पत्रकार ढुक्कले बाँच्न सक्ने वातावरण बनोस् । अब अभियान बोलीमा होइन व्यवहारमा लागू भएर सारा श्रमजीवी पत्रकारले अनुभव गर्न पाऊन् । सुन उपहार, घर उपहार, कार उपहार होइन एउटा श्रमजीवीको भोको पेट कसरी भर्ने भन्ने विषयमा ठुला सञ्चारमाध्यमका सञ्चालकहरुले अब सोच्न जरुरी छ । मालिक करोडौं पर्ने बुलेट प्रुफ गाडीमा सरर हिड्ने, एउटा पत्रकार भोको पेट कतिदिनसम्म मरेर काम गर्ने ? यो प्रथाको अन्त्य गरौं । जति सकिन्छ, त्यति पत्रकारलाई रोजगारी दिऔं तर उनीहरुको पेट पाल्न सकिने गरी काममा लगाऔं । पत्रकारले पनि आफ्नो दक्षता अभिवृद्धिमा मेहनत गर्नैपर्दछ । तबमात्र पत्रकार र पत्रकाारिताको विकास सम्भव छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा