
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
श्रमजीवी पत्रकारको मुद्दा बल्ल उठ्न थालेको छ । त्यो पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन्छ कि हुँदैन हेर्न नै बाँकी छ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका विषयमा आवाज उठाउने निर्णय नयाँ कार्य समिति गठन गर्दा नै गरेको हो । सोही अनुरुप जिल्ला—जिल्लाहरुमा सर्कुलर पनि गरिएको थियो । तर सो अनुरुप काम हुन सकेन । श्रमजीवीका चर्का आवाज उठाउनेहरुले सही ढंगले काम अघि बढाउन सकेनन् । जटिल यो मुद्दामा सामूहिक प्रतिवद्धता नभएसम्म जिल्लाहरुले चाहेर मात्र हुनेवाला केही थिएन । तर यतिबेला केन्द्रीय कार्य समितिले ठुला—ठुला मिडिया हाउसहरुमा धर्ना दिने र निर्णय कार्यान्वयनमा जोड दिने काम गर्नुले केही मात्रामा श्रमजीवी पत्रकारको आवाज महासंघले सुन्छ कि भन्ने झिनो आशा पलाएको छ । राजधानीमा चलेका ठुला मिडिया हाउसले मात्र होइन, सरकारी सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुले समेत श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न सकिरहेका छैनन् । सुरुवात सरकारी सञ्चारगृहहरुबाट नै गर्न आवश्यक छ । राजनीतिक फेरबदलसँगै फेरिने सञ्चार प्रतिष्ठानका कर्मचारी र पत्रकारहरुका विषयमा कसरी काम गर्ने भन्ने सोचनीय पक्ष रहँदै आएको छ । राजनीतिक नियुक्ति कै आधारमा सञ्चारमाध्यमहरुमा गरिने कामलाई कसरी व्यवस्थित गर्ने ? सरकार परिवर्तनसँगै नैतिकताका हिसाबले एउटा कार्यकर्ताको रुपमा काम छाड्ने कि पत्रकारको हिसाबले गर्ने भन्ने विषय विरोधाभास छ । एकातर्फ पत्रकार र अर्कोतर्फ कार्यकर्ता ? यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा नेपाल पत्रकार महासंघ र सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी छ ।
पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमहरुको आयोजना गर्ने भनिए पनि आजसम्म आईपुग्दा सोचे जस्तो काम हुन सकिरहेको छैन । विभिन्न निहित स्वार्थ र झालजेल अनि काम गर्ने तौरतरिका नमिल्दा महासंघले सञ्चालन गर्ने भनिएका कार्यक्रमहरु केबल कागजमा नै सीमित हुन पुगेका छन् । श्रमजीवी पत्रकारलाई दक्ष, सक्षम र स्वाभिमानी बनाउन सकेमात्र पत्रकारिताको विकास सम्भव छ । रहरले छिर्ने यो पेशामा रहेका धेरै पत्रकारहरुलाई तालिमको आवश्यकता छ । उनीहरुलाई भाषादेखि रिर्पोटिङसम्मको तालिम दिनुपर्दछ । विटगत रुपमा पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक छ । हरेक जिल्लामा स्थानीय सञ्चारमाध्यमहरु जस्तै एफएम, पत्रपत्रिका र टेलिभिजनहरु थपिदैं छन् । एउटा पत्रकारले आठ १० ठाउँमा जागिर राख्नु पर्ने अहिलेको अवस्थामा सञ्चारमाध्यमको उल्लेखनीय वृद्धि भए पनि गुणस्तरमा सुधार आउन सकेको छैन ।
अन्त्यमा, श्रमजीवी पत्रकारहरुको हकहितमा नेपाल पत्रकार महासंघले उठाएको आवाज नरोकियोस् । स्थानीयस्तरमा खुलेका साना मिडिया अझ पत्रकारहरुले सञ्चालन गरेका यस्ता सञ्चारगृहहरुलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने बारेमा राज्यले सोचोस् ? मोफसलका पत्रपत्रिकाहरुलाई राज्यले दिने विज्ञापनमा समान होस् । सबैले लोककल्याणकारी विज्ञापन पाउन सकुन् । ठुला मिडिया हाउसलाई पोस्ने काम बन्द होस् । पत्रकार महासंघका नेतृत्व तहमा रहेका व्यक्तिहरु मालिकसँग भन्दा पनि श्रमजीवी पत्रकारको हक, हित र अधिकारका लागि लड्न सकुन् । मिडिया हाउसहरु नाफामा जान सक्ने र श्रमजीवी पत्रकार ढुक्कले बाँच्न सक्ने वातावरण बनोस् । अब अभियान बोलीमा होइन व्यवहारमा लागू भएर सारा श्रमजीवी पत्रकारले अनुभव गर्न पाऊन् । सुन उपहार, घर उपहार, कार उपहार होइन एउटा श्रमजीवीको भोको पेट कसरी भर्ने भन्ने विषयमा ठुला सञ्चारमाध्यमका सञ्चालकहरुले अब सोच्न जरुरी छ । मालिक करोडौं पर्ने बुलेट प्रुफ गाडीमा सरर हिड्ने, एउटा पत्रकार भोको पेट कतिदिनसम्म मरेर काम गर्ने ? यो प्रथाको अन्त्य गरौं । जति सकिन्छ, त्यति पत्रकारलाई रोजगारी दिऔं तर उनीहरुको पेट पाल्न सकिने गरी काममा लगाऔं । पत्रकारले पनि आफ्नो दक्षता अभिवृद्धिमा मेहनत गर्नैपर्दछ । तबमात्र पत्रकार र पत्रकाारिताको विकास सम्भव छ ।