
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताउनुभएको छ ।
उहाँले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक सङ्कटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासङ्घमा दरिलो नेतृत्व आवश्यक रहेको बताउनुभएको हो ।
आज काठमाडौँमा उहाँको टिमका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौँ र अझै हामीलाई के–कस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाइ राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ ।” उहाँले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको र महासङ्घको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
महासङ्घको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासङ्घको गौरवपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उहाँले भन्नुभयो, “महासङ्घको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्छ ।”
महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासङ्घको नेतृत्वले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेतृत्व भनेको सङ्कटको समयको सारथी हो र यस्तै दुःखका बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासङ्घको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने पनि बताउनुभयो ।
प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उहाँले आफ्नो टिमका सबै साथीलाई आग्रह गर्नुभयो । आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उहाँले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकाले महासङ्घको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने उल्लेख गर्नुभयो ।
उहाँले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफी नहुने बताउँदै, उहाँले त्यसका लागि महासङ्घको नेतृत्वमा सही र सक्षम व्यक्ति चयन गर्ने उपयुक्त अवसर आएको बताउनुभयो । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नसक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासङ्घलाई ठूला उद्यमीको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउने बताउनुभयो ।
सो अन्तक्र्रियामा ढकाल समूहबाट उम्मेदवार उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति थियो ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ