
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
८सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
९युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१०महान्यायाधिवक्ताको विवादास्पद निर्णय
११नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।
आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् ।
अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको समाचारमा उल्लेख छ । नोभेम्बरको अन्त्यमा मनाइने ‘धन्यवाद आदान-प्रदान’ (थ्याङ्क्सगिभिङ) पर्वयता अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४. ६ प्रतिशतले बढेको छ ।
अमेरिकामा डेल्टा भेरियन्ट नै संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । तर नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी छ ।
हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित दुई दर्जन बढी राज्यमा फेला परेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रकी निर्देशक डा. रोचेल वालेस्कीका अनुसार ९९ प्रतिशत संक्रमित डेल्टाका छन् ।
वर्ल्डोमिटरका अनुसार कोभिड संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैधन्दा धेरै छ । पछिल्लो विवरण अनुसार त्यहाँ हालसम्म पाँच करोड ८० लाख १ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ लाख १७ हजार ९५६ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमित धेरै रहेको मुलुकमा भारत दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३ करोड ४६ लाख ९७ हजार ८६० जनामा भाइरस पुष्टि भइसकेको छ भने चार लाख ७५ हजार ६३६ जनाको मृत्यु भएको छ । तर मृतकको संख्या हेर्दा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म ६ लाख १६ हजार ९४१ जनाको मृत्यु भएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर