
१कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
३टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
४सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
५स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
६‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
११गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट उपल्लो डोल्पाका बालबालिका हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक शर्माले बताउनुभयो । जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको शर्माको पीडा छ ।
जाजरकोट । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम शर्माको ।
सोह्र शिक्षक कर्मचारीको नेतृत्व गदै उहाँ विसं २०६१ देखि अहिलेसम्म सो ठाउँमा कार्यरत हुनुहुन्छ । पर्वतमा घर भएका शर्मालाई कत्ति समस्या आए, कति सजिलो भयो विकटमा पढाउँदा त्यसको कुनै हिसाबकिताब नै छैन तर उहाँ आफ्नो कर्मप्रति सन्तुष्ट हुनुहुन्छ । अहिले कोभिडका कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित भई सामान्य पढाउने काम भएको बताउनुहुन्छ । “अब शैक्षिक सत्र सकिने समय भइसकेको छ । केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर जान नै मुस्किल हुन्छ”, उहाँले भन्नुभयो । केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो डोल्पाका विद्यालय सञ्चालनमा छन् ।
आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट उपल्लो डोल्पाका बालबालिका हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक शर्माले बताउनुभयो । जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको शर्माको पीडा छ ।
अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले विद्यालय खोल भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो । उपल्लो डोल्पाको शैक्षिक सत्र खेर गएको उहाँको भनाइ छ । अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षकहरु आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको बताइन्छ ।
कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस परेको घटनाले शर्मालाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षक हैरान भएको उहाँको भनाइ छ । उपल्लो डोल्पाको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उहाँको भनाइ छ । आफूले पढाउने विद्यालयभन्दा माथि छार्का र डोल्पोबुद्धका विद्यालयमा पढाउने शिक्षकको झनै समस्या भएको उहाँले जानकारी दिनुभयो ।
भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने उपल्लो डोल्पामा बाहिरबाट गएर पढाउने शिक्षकहरुले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ । चिसो मौसममा व्यवस्थापनको समस्याले गर्दा प्रहरी चौकीसमेत दुनैमा सार्ने गरिन्छ । अहिले विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ डोल्पाले जनाएको छ ।
अहिले उपल्लो डोल्पामा खाद्यान्न सङ्कटसमेत देखापरेको छ । बर्सेनि आयातित अन्न खाएर जीवन चलाउने उपल्लो डोल्पावासी अघिल्लो वर्षकै चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा ढुवानी गर्न नसक्दा समस्या हँुदै आएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले हप्ता दिनभित्र चामल ढुवानी नभए प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ? स्थानीयवासीको प्रश्न छ ।
फागुनदेखि शैक्षिक सत्र शुरु हुने कर्णालीका हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुन्थे । पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै नौ महिना बितेको छ ।
कर्णालीका हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको छ । साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पाका पूरै तथा कालिकोटको तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका विद्यालयमा फागुनदेखि शैक्षिक सत्र शुरु हुन्छ । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार फागुनदेखि शैक्षिक सत्र शुरु हुने ५९६ विद्यालयमा करिब ९५ हजार विद्यार्थी अध्ययनरत छन् ।
फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयहरूसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन । राससका लागि हेमन्त केसी
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?