
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ । कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन ! आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले ध्यानको नियमित अभ्यासले कुनै पनि व्यक्तिको गल्ती गर्ने आदत घटाउन मद्दत पुग्ने देखाएको छ।
‘ब्रेन साइन्सेस’मा प्रकाशित उक्त अनुसन्धानमूलक लेखका अनुसार सचेतना (अवेरनेस), अनुभूति, विचार वा संवेदनामा केन्द्रित ध्यानले मन र शरीरलाई स्वस्थ र जागरुक राख्न मद्दत गर्छ र मस्तिष्क आएको परिवर्तन तथा जागरुकताले बारम्बार गल्ती गर्ने आदतबाट सजग बनाउँछ।
‘मेडिटेसन र माइन्डफुलनेस अभ्यास गर्ने व्यक्तिमा विशिष्ट परिवर्तन आएको देखिन्छ, जसलाई विज्ञानले प्रभाव र फाइदाका दृष्टिकोणबाट उजागर गरेको देखिन्छ,’ मिसिगन स्टेट युनिभर्सिटीका पिएचडी स्कलर तथा लेखका सहलेखक जेफ लिनले भने, ‘तर, मलाई के कुरामा आश्चर्य लाग्यो भने यसअघि कहिल्यै ध्यान नगरेका व्यक्तिहरू एक घन्टाको गाइडेड मेडिटेसनमा बस्दा मस्तिष्कमा केही परिवर्तन भएको पाइएको छ।’
विभिन्न प्रकारका मेडिटेसन अभ्यासले फरक–फरक ढंगले मस्तिष्कको स्नायु प्रणालीमा असर पर्ने अध्ययनको निचोडले सुझाएको छ। त्यसैगरी, सचेत ध्यानले कुनै पनि व्यक्तिका कमीकमजोरी सच्याउन मद्दत पुगेको अनुसन्धानको निष्कर्ष छ।
‘कुनै खालका ध्यान एउटा वस्तु (अब्जेक्ट)मा केन्द्रित भएर गरिन्छ, सामान्यतः कतिपय ध्यान श्वासप्रश्वासलाई हेरेर गरिन्छ। तर, ओपन मनिटरिङ ध्यान चाहिँ अलि फरक छ,’ लिनले भने, ‘यसले चाहिँ तपाईंलाई अन्तर्यात्रातर्फ लैजान्छ र, मन र शरीरमा हुने सबै कुरालाई होसपूर्वक ध्यान दिन दिन सिकाउँछ। यसको उद्देश्य शान्तपूर्वक बस्ने र मन कता जान्छ भन्ने कुरालाई निकटतासाथ अवलोकन गर्नुपर्छ।’
लिसहित मिसिगन स्टेट युनिभर्सिटीका सहलेखकहरू विलियम एकर्ले, लिङ पेङ र जेसन मोसरले २ सयभन्दा बढी ‘ओपन मनिटरिङ मेडिटेसन’का सहभागीबीच उनीहरूले गल्तीलाई कसरी ‘रेस्पोन्स’ गर्छन् र, मेडिटेसनपछि गल्ती गर्ने बानीमा आएको सुधारबारे अनुसन्धान गरेका थिए।
पहिले कहिल्यै ध्यान नगरेका सहभागीलाई २० मिनट ‘ओपन मनिटरिङ मडिटेसन’को अभ्यास गर्न लगाइयो र, अनुसन्धाताले उनीहरुको मस्तिष्कको गतिविधि कस्तो छ भनी इइजीको माध्यमबाट मापन गरे। त्यसपछि उनीहरुले कम्प्युटरको सहायताबाट ‘डिस्ट्रयाक्सन टेस्ट’ पूरा गरे।
‘इइजीले मस्तिष्कको गतिविधि मिलिसेकन्ड लेभलमा मापन गर्न सक्छ। त्यसकारण सही प्रतिक्रियाभन्दा पनि गल्ती गरेको बेलामा मस्तिष्कको तटस्थ अवस्था कस्तो भयो भनी हामीले एकदमै सही मापन लियौं,’ लिनले भने, ‘गल्ती बोलेको अवस्था वा इरर पोजिटिभिटी भएको आधा सेकेन्डमै स्नायुमा संकेत भेटियो, जुन सचेततासाथ गल्ती पहिचानसँग सम्बन्धित छ।’
जब ध्यान अभ्यासकर्ताले आफ्नो कार्यकौशलतामा तत्काल सुधार पाएनन् भने अझै केही समय ध्यानलाई निरन्तरता दिनुपर्छ भन्ने अनुसन्धाताको निक्र्योल छ। ‘यो निष्कर्ष ध्यानमाथि केवल २० मिनेटमा गम्भीरता साथ गरिएको प्रदर्शनको प्रतिफल हो, जसले ध्यानले ब्रेनको क्षमता अभिवृद्घिमा मद्दत गर्नुका साथै गल्तीप्रति सजग रहने सीप विकास गर्छ भन्ने देखाएको छ,’ मोजरले भने, ‘यसबाट माइन्डफुलनेस मेडिटेसन क्षमता अभिवृद्धिका लागि साँच्चिकै प्रभावकारी हुने रहेछ भन्नेमा विश्वास बढाएको छ।’
पछिल्लो समय माइन्डफुलनेसले आममानिसको ध्यानाकर्षण गरेको छ। त्यही सन्दर्भमा लिनले रिसर्चरको सानो टिम बनाएर न्युरोवैज्ञानिक पद्धति अपनाएर ध्यानको मनोवैज्ञानिक र कार्यदक्षता प्रभावबारे अध्ययन गरिरहेका छन्। (साइन्सडेलीबाट भावानूदित)
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर