News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

छठको रौनक, चिटिक्क पारियो जलाशाय, हेर्नुहोस तस्विरमा

काठमाडौँ । बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। मुख्य गरी देशको तराईमा छठ पर्व धुमधामका साथ मनाइन्छ । काठमाडौँमा पनि छठ मनाइन्छ । छठको पूजाका लागि जलाशायहरुलाई सिंगारपटार गरेर सजाइएको छ ।

 

जनकपुरस्थित जानकी मन्दिरलाई पनि पनि चिटिक्क पारिएको छ । दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको व्रत तोडिन्छ । छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री ।

 

छठ पर्वका अवसरमा दुलही झै सिङगारिएको जनकपुरधामको गङगा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड ।  छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी ।

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन ।

सबै तस्विर : अजयकुमार साह/रासस