
१अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
३२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
४मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
५गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
६गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
७सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
८सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
९सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
१०अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
११मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
पोखरा । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा पाउने भएका छन् ।
पहिलो चरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ महानरपालिकाको रु दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान, पोखरा शाखाको रु ८६ लाख सात हजार ७७८ को लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।
पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाइपलाईन विस्तार गरी लिफ्टिङ प्रविधिबाट सराङकोटमा जम्मा गरी वितरण गर्न लागिएको हो ।
सो खानेपानी योजनाको आज शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासीलाई पु¥याउने लक्ष्यअनुरुप योजना अघि बढाइएको बताउनुभयो ।
“जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो”, प्रमुख जिसीले भन्नुभयो,“महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्वार प्रणाली आवश्यक छ ।”
पोखरा महानगरपलिका वडा नं १ का वडाध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडाभित्र लामो समयदेखि स्थानीयवासीले भोग्नुपरेका खानेपानीको समस्या योजना सम्पन्न भएसँगै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल खानेपानी संस्थानका प्रतिनिधि वसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पु¥याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिनुभयो ।
सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्नेछ ।
सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई पानीट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाइन विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाअन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरी कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सक्ने गरी संस्थानको पराजुली, सावित्री नौघरे जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । प्रदेश सरकारले शुरु गरेको ‘एक घर: एक धारा’ अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ