
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
म्याग्दी, २० कात्तिक। झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ ।
भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ । पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइरस महामारीले देउसीभैलो खेलिएन । यसपालि कोरोना महामारीको त्रास घटे पनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको सङ्ख्या कम भएको हो ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएको थियो । बेनी बजारका हरिप्रसाद पौडेलले मेलाजात्रा र खेलकुद कार्यक्रम निर्वाधरूपमा चले पनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलोलाई मात्र प्रशासनले हस्तक्षेप गरेको गुनासो गर्नुभयो ।“प्रशासनले खुला समाज र सांस्कृतिक उत्सवमाथि नै हस्तक्षेप गरेको छ”, उहाँले भन्नुभयो ।
बेनी बजारमा एउटा द साइनिङ नृत्य समूहको मात्र देउसीभैलो आयोजना गरियो । विगतमा आठदेखि १० वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि विगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताउनुभयो । “कोरोना भाइरसको महामारीका कारण गत वर्ष सुनसानजस्तै बनेको तिहारमा यसपालि केही चहलपहल बढे पनि दुई वर्षअघिको जस्तो रौनक छैन”, उहाँले भन्नुभयो, “अर्कातर्फ तिहारमा खेलिने देउसीभैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।”
चर्को स्वरमा गीत बजाउने र रेकर्ड गरिएको गीतमा नृत्य देखाउने तथा आर्थिक सङ्कलनको मात्र स्रोत बनाइँदा देउसीभैलोको मौलिकता ओझेल परेको श्रेष्ठको गुनासो थियो । हिजो आज सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घसंस्थाको संस्थागत विकासजस्ता उद्देश्य राखेर देउसीभैलो खेल्ने गरिन्छ तर आयोजकहरुले आम्दानी खर्च विवरण सार्वजनिक गरेको पाइँदैन ।
रेकर्ड गरिएका थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य पनि समावेश गरेर आर्थिक स्रोत जुटाउने माध्यम बनाइएको छ । सामाजिक परिवर्तनको प्रभाव देउसीभैलोमा पनि पार्नुलाई स्वाभाविक मानिए पनि देउसीभैलोको खास महत्व र मर्म भने हराउन नदिन सचेत बन्नुपर्ने बेनीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठको भनाइ थियो ।
“आधुनिकताको अनुशरणसँगै मौलिक बाजा र भाकाको संरक्षण गर्न सकेमा कला र संस्कृतिको महत्व जीवन्त रहन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलोको नाममा जबर्जस्ती पैसा माग्ने, पश्चिमा गीत तथा नृत्य प्रस्तुत गर्ने र सङ्कलित पैसाको दुरुपयोग गर्ने विकृति नियन्त्रणमा सबै पक्षले ध्यान दिनुपर्छ ।”
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की