
१असई बनाइदिन्छु भन्दै १० लाख ठगी
२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
३झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
७जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो ।
मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने परम्परा रहेको छ । यद्यपि कायस्थ र सोनार जातिमा पनि यो विधिको प्रचलन छ । यस विधिका लागि बधु पक्ष (दुलहीका माइती)ले बस्त्रआभूषण, मिष्टान्न खाद्य परिकार लिएर दुलाहाका घर आउने चलन छ । विधिमा दुलाहा–दुलहीलाई नयाँ बस्त्र आभूषण पहिर्याउने, दुलाहाका पक्षधरलाई मिष्टान्न भोजन गराउने परम्परा रहेअनुसार यो विधि सम्पन्न गरिएको महोत्तरीको भङ्गाहा नगरपालिका–४ का मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताउनुभयो ।
चुमाउन विधिमा दुलहीका माइतीले बस्त्र आभूषण, थरिथरिका मिष्टान्न परिकार, मौसमअनुसारका फलपूmल र दहीका बेग्लाबेग्लै भार (सोली) भेटका लागि ल्याउनुपर्ने चलन छ । दुलाहा–दुलहीमात्र नभई दुलाहाका बाबु–आमा, दिदी–बहिनी र अन्य आफन्तलाई समेत बस्त्र आभूषण पहि¥याएर भोजन गराउनुपर्ने भएकाले यो विधि अब महँगो र झन्झटिलो बन्दै गएको टिप्पणी नयाँ पुस्ताका युवाले गर्न थालेका छन् ।
विधिमा खर्च जति दुलहीका माइती पक्षकाले गर्नुपर्ने र आमन्त्रित पाहुनाको खटनपटन दुलाहा पक्षकाले गर्ने हुँदा यो विधि महँगो हुँदै गएको महोत्तरीकै बर्दिवास नगरपालिका–२ का ३० वर्षीय युवा जितेन्द्र झाले बताउनुभयो । विगतमा सम्बन्ध गाँसेका दुवै पक्षका आफन्तबीच चिनजान बढाउने, आत्मीयता बढाउने र दशैँ पर्व सम्पन्न गरिएको खुसी बाँड्ने उद्देश्यले शुरु गरिएको यो विधिमा सामान्य रुपमा बरबधुलाई धोती फेराउने, पान मखान (पानीमा फल्ने तराईको फलविशेष) प्रसादस्वरुप खुवाउने परम्परा रहेको पाका मैथिल बताउँछन् ।
तर पछिल्ला केही दशकयता ‘चुमाउन’मा दुलहा पक्षले सयौँ आफन्त बोलाएर रवाफ देखाउने, दुलहीपक्षसँग खासखास आभूषणको माग गर्ने विकृति बढेपछि यो विधि विवाहजस्तै खर्चिलो हुने गरेको नयाँ पुस्ताका युवाको टिप्पणी छ । ‘‘बाबु पुर्खाले राम्रो उद्देश्यले शुुरु गरेका ‘चुमाउन’ पछिल्लो एक दशकयता दाइजोको रुपमा फेरिएको छ’’, महोत्तरीकै सम्सी गाउँपालिकाको गेढाभेट्पुरका मैथिल ब्राह्मण ३५ वर्षीय आलोक झाले भन्नुभयो, ‘‘यो रवाफिलो बन्दै गएको विधिलाई अब बाबु पुर्खाले गर्ने गरेका सामान्य रुपमा फेर्न आवश्यक छ ।’’
चुमाउन विधिमा बढेको खर्च र रवाफिलो तडकभडक नियन्त्रण गरिनुपर्ने युवा पुस्ताको विचारमा मिथिला क्षेत्रका बुद्घिजीवी पनि सहमत देखिएका छन् । “यो पर्व आफन्तहरुबीच आत्मीयता बढाउन, परिचय विस्तार गर्न र योसँगै मखान पान खानेगरि शुरु गरिएको हो”, प्रेस स्वतन्त्रता सेनानी रहनुभएका महोत्तरीकै जलेश्वर नगरपालिकाको परिकौलीका बासिन्दा मैथिल ब्राह्मण जातिका कुँवरकान्त झाले भन्नुभयो, “तर अब त यो आडम्वर, रवाफ र अहङ्कार प्रदर्शनमा पुगेको छ, यसलाई सरलीकृत गर्न युवा पुस्ताले पहलकदमी लिनुपर्छ ।”
चुमाउन विधिको महत्व यसको सरलतामा बढ्ने भएकाले पर्वविशेषमा तडकभडक त्याग्नुपर्नेमा वुुद्धिजीवीसँगै नयाँ पुस्ता पनि सहमत हुँदै गएको देखिएका छन् । (राससका लागिगोपालप्रसाद बराल )
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ