News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आलमको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा राखिएको उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो । मुद्दाको पक्षले पाउने सुविधाअनुसार उक्त मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयको तर्फबाट स्थगित गरिएको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको समयमा इँट्टाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतको आदेशमा आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उक्त आदेशविरुद्ध आलमले उच्च अदालत हुँदै सर्वोच्चमा निवेदन दिएका थिए ।

डनन्यूज ट्रेन्डिङ