
१डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
२बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
३राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
४न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
५बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
६स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
७पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
८‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
९गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
१०कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
११‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
१२पक्राउ परेका सबै पत्रकार रिहा
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
९प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
काठमाडौँ । यसपाली मुलुकमा दशैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दशैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउनुहुन्छ । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उहाँको दावी छ ।
दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताउनुभयो । यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ को मृत्यु भएको र ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दशैँको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको छ । यस बीचमा ठूला दुर्घटना पनि हुन पाएन । सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो ।
गत वर्ष दशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २७८ जना घाइते भएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको महाशाखाले जनाएको छ । रासस
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा