
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २७ असोज । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ ।
नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौँ देखि विदेशिएका नेपालीहरु दशैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।
साहुको ऋण, आफ्नो अनि बालबच्चाको भविष्यको चिन्ता गर्दै घरको मुल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनि आफ्नै खाले पीडा हुन्छ । तथ्यांकले भन्छ–‘वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी ५ लाख भन्दा बढि युवाहरु विदेशिन्छन् ।’ वैदेशिक रोजगार विभागको अनुसार त्यस्तो कुनै पनि दिन छैन, जुन दिन नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि बिदेशिएका नहोउन् । दैनिक कम्तीमा १५ देखि बढिमा २५ सय जनासम्म नेपाली युवाहरु विदेश जाने गरेका छन् ।
तथ्यांकले यो पनि देखाउँछ कि वर्षेनी ८ सय भन्दा बढि नेपाली युवाहरुको लाश विमानस्थलबाटै नेपाल फर्कन्छ । हालसम्म विदेशिने नेपाली युवाहरुको संख्या ७० लाखको आसपास छ ।
यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाश दाहालले गीत कोरे–‘बस है पियारी, घरबारै स्याहारी’ । गायक तथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीत गाए । सोही गीतमाथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफि धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।
वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो मंगलबार जक्शन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ । फुलपातीको साइत पारेर पोखरामा मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक भिडियोलाई गतिलो प्रतिक्रिया मिलेको छ । मंगलबार मिडियाकर्मीमाझ गरिएको प्रिमियरमा सहभागीले गीत र भिडियोलाई रुचाए । ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथा बोल्छ । अडियो मेकिङका हिसाबले पनि गीत उत्कृष्ट छ ।’ गीतमाथि आफ्नो धारणा राख्दै गायक तथा संगीतकार बिनोद बाँनियाले भने–‘गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’
त्यस्तै कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेशन’ भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । ‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीत अनि भिडियोको मेकिङ लेभल पनि उत्कृष्ट छ ।’ गुरुङले भने–‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’
जक्सन म्यूजिक लञ्च
पोखराको संगीत क्षेत्रलाई व्यवसायिक बनाउँदै यहाँका संगीतकर्मीहरुलाई कलाको उचित मूल्य दिने उद्देश्यसहित नयाँ म्यूजिक कम्पनी शुरु भएको छ । जक्शन ग्रुप प्रालिले ‘जक्सन म्यूजिक’ नामक युट्युब च्यानलको लञ्च गर्दै यसको जानकारी दिएको हो ।
संगीतको उर्वर भुमी मानिने पोखरामा थुप्रै संगीतकर्मीहरुले कर्म गरेपनि व्यवसायिक हुन भने नसकेको आरोप लाग्ने गरेको छ । ‘पोखराबाटै बन्ने थुप्रै गीत र भिडियोहरु सार्वजनिक गर्ने व्यवसायिक प्लेटफर्मको अभाव हुँदा यहाँका संगीतकर्मीहरुले काठमाण्डौको प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई केही कम गर्न भएपनि हामीले प्रयास गरेका हौँ ।’ जक्सन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले शुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’
जक्सन ग्रुप प्रालिले हाल जक्सन डटकम संचालन गर्दै आएको छ । ‘न्यूज, इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ थिममा संचालित कम्पनीले इन्टरटेनमेन्ट सेक्सन अन्तरगत ‘जक्सन म्यूजिक’ लञ्च गरेको हो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु