News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

इन्जिनियर्स एशोसियसनको निर्वाचनका लागि गण्डकीमा सिडेनद्वारा प्यानल सार्वजनिक

पोखरा, १८ असोज । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनका लागि सिडेनले गण्डकी प्रदेशको छुट्टै प्यानल दर्ता गराएको छ । कार्तिक १३ गते हुन गईरहेको निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनले ई.बृजेन्द्र केसीको नेतृत्वमा १५ सदस्यीय टोलीको प्यानल सार्वजनिक गरेको हो ।

ईन्जिनियरहरुको हकहितका लागि अग्रणी भूमिका खेल्दै आएको सिडेनले आगामी दिनमा पनि यस्तै सकारात्मक र प्रभावकारी भूमिकामा देखा पर्ने प्रतिवद्धतासहित कुनै पनि संगठनबीच गठबन्धन नगरिकन सिडेन चुनावमा होमिएको हो ।

उक्त समूहबाट एशोसियसनको गण्डकीबाट केन्द्रीय कार्यकारिणी समितिको सदस्य पदमा ई.रवीन्द्र मुलले उमेद्वारी घोषणा गरेका छन् । त्यसैगरी गण्डकी प्रदेशको अध्यक्षमा ई.बृजेन्द्र केसी, उपाध्यक्षमा ई.सन्तोष जिसी, सचिवमा ई.अन्जना थापा, सहसचिवमा ई.सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा ई.खेमराज तिमिल्सिना रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा ई.शिव गोसेली, ई.सन्तोष काफ्ले, ई.राजिव सुवेदी, ई.यमकृष्ण पौडेल, ई.गणेश पाण्डे, ई.हेम गुरुङ, ई.रवीन्द्र पौडेल, ई.विश्वास आचार्य, ई.सन्दीप बराम र ई.जयन्द्र भट्ट रहेका छन् । विगतमा सिडेनले खेलेको भूमिका र कामको मूल्यांकन गर्दै आममतदाताले मतदान गर्ने विश्वास उमेद्वारहरुले लिएका छन् ।