
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ । सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानका बिचार गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुमा समस्या रहेको भन्दै यस्तो प्रावधानमा बिचार गर्नुपर्ने बेला आएको बताएका हुन् ।
कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने उनीहरुको भनाइ छ । बैठकमा सांसद मातृका यादवले मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष रहेको भन्दै बिवाहको उमेर १८ बर्ष राख्नुपर्ने धारणा राखे । उनले लिभिङ टुगेदरलाई अस्थायी रुपमा दर्ता गर्नुपर्ने बताए ।
त्यस्तै सांसद मीन विश्वकर्माले लिभिङ टुगेदर समस्या बन्दै गएको र बलात्कार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नहुँदा समस्या देखिएको बताए । उनले अब बिबाहको उमेर १८ मा झार्नुपर्ने उल्लेख गरे । शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुले समाजमा बिकृती उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ ।
त्यस्तै सांसदहरुले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक रहेको धारणा राखेका थिए । समितिले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनी व्यवस्थाबारे छलफल गरेको हो।