News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति

काठमाडौँ । नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्। सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय सिटौला समूह छोडेर थापा पौडेल समूहमा लागेका छन् ।

सभापतिमा सर्वसम्मत भएपनि भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यका लागि मंगलबार चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।