
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
काठमाडौं । माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।
श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ ।
नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताए । श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै हो । उनले आइतबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।
यस्तै अबदुल्लाहले श्रीलंकालाई सहज रुपमा नलिने पनि बताएका छन् । श्रीलंकालाई हराउन ९० मिनेट राम्रो खेल्नुपर्ने र जित्ने लक्ष्यका साथ खेल्नुपर्ने बताए ।
‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरू ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौं ।’
नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । ‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौं । हामीले ९० मिनेटसम्मै जितका लागि फाइट गर्नेछौ,’ कप्तान किरणले भनेका छन् ।
नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो । विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो ।
पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेकोले हरेक खेल महत्वपूर्ण रहेको छ । आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारत र बंगलादेशबीच खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए