
१अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
३आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
४पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
६लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
७पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
८पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
९‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
१०पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
११देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडाैं । एमाले उपमहासचिव घनश्याम भुसालले असोज ३ गते बसेको स्थायी कमिटी बैठकमा ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा ८ पेज लामो टिप्पणी पेश गरे। एमालेको प्रथम विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदनसँगै भिन्न मत पेश गर्नलाई उनले फरक प्रस्ताव राखेका थिए।
ओलीले ल्याएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनसम्म आइपुग्यो। संशोधनसहित आइताबार पारित भएको छ। तर भुसालको भिन्न प्रस्ताव भने विधान महाधिवेशनमा पेश नै हुन पाएन। आफूले राखेको भिन्न मतमाथि अध्ययन गर्दै जाने र महाधिवेशनमा समेत पेश गर्न सकिने भनेर थाति राखेको भुसालले बताए।
‘स्थायी कमिटीमा मैले पार्टीको कार्यक्रमको ढाँचा र पार्टीमा भएका मामलाहरुमा समेत विस्तृतमा छलफल गर्नुपर्छ भनेर भिन्न मत पेश गरेको थिएँ, स्थायी कमिटीको बैठकमा यो विषयमा फेरि छलफल चलाउँदै जाने भन्ने सहमति भयो’ उनले भने, ‘अध्ययनको कुरालाई खुला राखिएको छ। विभाजनमा हामी धेरै जिम्मेवार छौँ, सबैभन्दा बढी ओलीजी हुनुहुन्छ भनेर मैले प्रष्ट राखेको थिएँ।’
भुसालले संसद विघटन गलत थियो, विघटन गरेपछि नै कम्युनिष्ट पार्टी विभाजन भएको र सरकारबाट खसाल्ने काम भएको समेत आफ्नो भिन्न मतमा उल्लेख गरेका थिए।
भुसालको भिन्न मतमाथि छलफल गर्नुपर्नेमा उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली लगायतले समेत धारणा राखेका थिए। तर आफ्नो प्रस्तावको पक्षमा तत्काल बहुमत हुने नदेखेपछि भुसाल पछि हटेका हुन्।
‘यो विषयलाई अहिले सकेसम्म भिन्न मतका रुपमा वहसमा नलैजाउँ भन्ने कुरा गरियो। अध्ययन गर्दै जाने भन्ने भयो। अहिले नै अरु सहमत नभइकन पारित हुँदैन’ उनले भने, ‘अहिले पार्टीमा बहुमतले त्यो कुरालाई नबुझेको र समर्थन नगरेको हुनाले आउने महाधिवेशनमा छलफल गर्ने भनेर भिन्न मत पेश गरिएन। स्थायी कमिटीमा छलफल गरेर हामी सहमतिमा पुगेको हो।’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ