
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
काठमाडाैं । नेकपा एमालेको जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आइतबार सकिँदैछ ।
महाधिवेशनको अन्तिम दिन आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।
आइतबार प्रदेश नं. २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूहका समुह नेताले आआफ्नो समूहको तर्फबाट सुझाव राख्दै छन् ।
उनीहरुको सुझावपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलले साङ्गठानिक प्रतिवेदन र विष्णु पौडेलले विधान संशोधनमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
तीन वटै प्रतिवेदनमा शनिबार केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले सुझाव पेश गरेका छन् ।
शनिबार सुझाव पेश गर्ने नेताहरुले एमसीसी, चुनावी प्रणाली, नेतृत्वको देवत्वकरण लगायतका विषयमा प्रश्न गर्दै त्यसबारे स्पस्ट हुनुपर्ने सुझाव राखेका थिए । त्यस्तै उनीहरुले प्रस्तावित पदाधिकारीको संख्यालगायतमा पनि फेरबदल गर्नुपर्ने सुझाव राखेका थिए ।