
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् । उनीहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका हुन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम उच्च रहेको अवस्थामा दसैँ तथा तिहारमा उपत्यका छाडेर बाहिर जाने र उपत्यका भित्रिनेको भीड रहँदा कोरोनाको जोखिम बढ्ने भएकाले साँगा नाकामा कडाइ गर्न आग्रह गरे । उपत्यकाबाट बाहिर जानेले कोरोना सङ्क्रमण गाउँगाउँमा फैलाउन सक्ने र उपत्यका भित्रिनेले कोरोना लिएर आउन सक्ने हुँदा उपत्यकामा महामारी फैलिन नदिन नाकामा कडाइ गर्नुपर्ने उनको भनाइ थियो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रहरी प्रशासनले नाका कडाइ गरेर उपत्यकालाई कोरोना महामारीको तेस्रो लहरबाट जोगाउनुपर्ने बताए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले कोरोना यस्तै हो भनेर लापरबाही गर्न नहुनेमा जोड दिँदै आउन सक्ने महामारीको तयारी र नाकामा कडाइलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सार्वजनिक यातायातमा यात्रुको भीड लाग्ने गरेको र स्वास्थ्यमापदण्ड लागू नभएकाले कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवसायीलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याइन् ।
नेपाली काँग्रेसका प्रतिनिधि राजाराम कार्कीले राजनीतिक दलले भेला गर्ने, जुलुस गर्ने, भाषण गर्न मिल्ने हामीले सामान्य कार्यक्रम गर्न नमिल्ने भन्दै जनताले दलहरुको कार्यक्रमप्रति आक्रोस व्यक्त गरेको बताए । उनले दसैँको मुखमा बजारमा कालोबजारी बढेको भन्दै अनुगमन कडाइ गर्नुपर्नेमा जोड दिए ।
नेपाल मजदूर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले भक्तपुर भित्रिने साँगा नाका कडाइ गर्नुपर्ने र बजारमा व्यापारीले गरेको ठगिलाई अपराधकै मान्यतामा राखेर कारबाही गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले बजार अनुमगनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमन गर्ने तर कारबाही नगर्ने हुँदा अपराध मौलाएको भन्दै कारबाहीको नीति ल्याउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी शर्माले दसैँ लक्षित बजार अनुगमन तीव्र पारिने बताउँदै अनुगमनमा अनियमितता गर्नेलाई कारवाही गर्ने बताइन् । उनले चाडबाड लक्षित सुरक्षा व्यवस्थालाई कडाइ पार्ने पनि बताइन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर