
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
म्याग्दी । वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ ।
विकासका नाममा प्राविधिक परीक्षणबिना नै जथाभावी खनिएका मोटरबाटोकै कारण वर्षेनी भूस्खलन हुने, पहिरो जाने र मानवीय तथा धन, सम्पत्तिको क्षति हुने क्रम त बढेको छ नै, जिल्लामा गम्भीर प्राकृतिक तथा जैविक समस्या पनि देखिन थालेका छन् ।
विसं २०७२ को महाभूकम्पका कारण चिरा परेर कमजोर बनेको यहाँको भूगोलमा त्यसयता वर्षेनी डोजर र स्काभेटरका माध्यमबाट वन, पाखा, गाउँबस्ती जताततै मोटरबाटो निर्माण गर्ने होडबाजीले प्राकृतिक सम्पदा नास हुँदै गएपछि गम्भीर मानवीय सङ्कट उत्पन्न हुन थालेको छ । जिल्लामा रहेका सामुदायिक वन तथा ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्दै जान थालेका र वन तथा गाउँबस्तीमा रहेका कुवा, धारा, ताल, पोखरी पुरिँदै गएकाले मान्छे र पशु चौपायालाई खानेपानीको समस्या उत्पन्न भएको ग्रामीण क्षेत्रका बासिन्दाले बताएका छन् ।
बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ भकिम्लीको दूधेखोला, सिङ्गा, बाबियाचौर र मङे्गला गाउँपालिकाको अर्मन, बरंजा, धवलागिरि गाउँपालिकाको धारापानी, मुना, मराङ तथा मालिका गाउँपालिकाको बिमलगायतका दर्जनौँ गाउँमा रहेका पानीका स्रोत पुरिएका छन् भने ताल र पोखरी पनि सुक्दै जान थालेका छन् ।
‘विगत चार वर्षयता यहाँका आठवटा पानीका स्रोत सुकिसकेका छन्, कुवा र पोखरी नामेट भएका छन्, कुवा र पोखरी रहेका ठाउँमा अहिले मोटरबाटो बनेको छ’, बरंजाका कृष्ण सापकोटाले भने, ‘नजानिँदो गरी गम्भीर मानवीय सङ्कट निम्तिँदै छ ।’
यस्तै समस्या बगरफाँट र खबरागाउँमा पनि छ । गाउँको सिरान, बीच भाग र पुछारबाट खनिएका मोटरबाटोका कारण वर्षेनी पहिरो तथा भूस्खलनको समस्या छँदैछ, त्यसमाथि पानीका मुहान सुक्ने र कुवा तथा पोखरी नास हुँदै गएपछि यी गाउँमा खानेपानीको चरम अभाव उत्पन्न भइरहेको छ ।
‘पोखरी तथा तालमा सधैँ एकनासको पानी रहने गरेका कारण पशु-चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो’, बगरफाँटका ८५ वर्षीय बेदप्रसाद उपाध्यायले भने, ‘अहिले पोखरी पुरिँदै गएकाले पशु चौपायालाई पानी खानसमेत समस्या भएको छ, तालका जलचर र वनस्पतिका प्रजातिसमेत नष्ट भएका छन् ।’
डोजरे विकासका कारण जिल्लामा जैविक विविधताका स्रोतसमेत नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए । म्याग्दी नदीमा पाइने विभिन्न माछाका प्रजाति, कालो र पहेँलो रङका भ्यागुता, गङ्गटोलगायतका जलचर प्राणीसमेत देखिन छाडेको उनले सुनाए।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद