
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।
आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गरेका हुन् । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याएका छन ।
यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन् । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी हुनुभएको छ । उनिहरुले क्रमशः ४५६ र ५६४ मत ल्याएका थिए ।
सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । उनिहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बन्नुभएको हो । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बनेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गएका हुन्।
सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन् ।
पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी हुनुभएको छ । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गर्नुभएको हो । उहाँले ११२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी हुनुभएको छ । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन्।
राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गर्नुभएको हो । लामाले १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याएका छन् ।
राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भएका छन् । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी भएका छन् । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन् ।
खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी हुनुभएको छ । मत परिणामअनुसार उहाँको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याएका छन ।
माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन् । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन् ।
जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजीत गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन् । कुँवरले ६२ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर