
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडाैं । संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोनाको संक्रमण भएको छ कि छैन भनेर परीक्षण गर्दा झन्डै ४५ हजार रुपैयाँ लिने गरेको छ।
द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार जिएस ल्याब्स नामको उक्त प्रयोगशालाका अमेरिकाभरि विभिन्न स्थानमा ३० शाखा छन्। आफ्नो सेवा उच्च गुणस्तरको भएकाले शुल्क महंगो भएको जिएसले जनाएको छ।
अमेरिकामा सामान्यत: कोरोना परीक्षणको शुल्क २० डलर (२४ सय रुपैयाँभन्दा) भन्दा कम छ। जिएसले एक जनाको परीक्षण गर्दा ३८० डलर (४४ हजार ८ सय ७४ रुपैयाँ) शुल्क लिन्छ। जिएसले लिने यो शुल्क गैरकानुनी भने होइन।
यसअघि नै अमेरिकी कंग्रेसले कोरोना परीक्षणको शुल्क नागरिकले तिर्नु नपर्ने र बीमा कम्पनीले व्यहोर्नु पर्ने कानुन ल्याएको थियो। ‘केयर एक्ट’मा कुनै अमेरिकी नागरिकले सूचीकृत प्रयोगशालामा कोरोना परीक्षण गर्दा जति शुल्क लाग्छ त्यो सबै बीमा कम्पनीले तिर्नै पर्ने र तिर्दिनँ भन्न नपाउने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाबमोजिम जिएसले आफ्नो शुल्क ३८० डलर तोकेको हो। जिएसले आफ्नो प्रयोगशालामा केही मिनेटअघि परीक्षणका लागि बुकिङ गर्न सकिने र परीक्षण गरेको केही मिनेटमै नतिजा आउने सुविधा रहेको उल्लेख गरेको छ।
अहिलेसम्म उसले झन्डै पाँच लाख मानिसको कोरोना परीक्षण गरिसकेको छ भने अहिले पनि दैनिक हजारौं मानिसले जिएसमा कोरोना परीक्षण गर्ने न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ।
जिएसले महंगो शुल्क लिन थालेपछि बीमा कम्पनीहरूले आपत्ती जनाएका छन्। केहीले पैसा तिर्न अस्वीकार गरेका छन् भने केहीले महामारीका बेला अत्याधिक शुल्क लिएको भन्दै अदालती प्रक्रिया थालेका छन्।