
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
एजेन्सी। चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो। उनी चढेको जहाज शनिबार राति स्थानीय समयअनुसार ९ बजेर ५० मिनेटमा सेन्जेन विमानस्थलमा अवतरण भएको थियो।
चिनियाँ राष्ट्रिय झन्डा बोकेर थुप्रै मानिसहरूले विमानस्थलमा उनको स्वागत गरेका थिए। सेन्जेनमा हुवावेको मुख्यालय पनि रहेको छ।
हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई सन् २०१८ डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो।
अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेसन सामग्री पठाएको र बैंकिङ कसुर गरेको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही आरोपमा क्यानेडियन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए।
उनलाई अमेरिका सुपुर्दगी गर्नेबारे लामो समयसम्म छलफल भएको थियो। सोही कारणले चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। सरविना पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।
सरविनालाई पछि क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसका लागि उनले कडा सर्तहरू पालना गर्नुपर्ने थियो।
समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकी अभियोजनकर्ताहरू सरविनाविरूद्धको बैंकिङ कसुरको मुद्दा फिर्ता लिन सहमत भएका थिए। उक्त सहमतिपछि सरविनाको स्वदेश फर्किने ढोका खुलेको हो।
स्वदेश फर्किएकी सरविनाले सेन्जेन विमानस्थलमा छोटो सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सी चिनफिङप्रति कृतज्ञता व्यक्त गरिन्।