
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
एजेन्सी। चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख आर्थिक अधिकृत र उपाध्यक्ष सरविना मेङ वानजाउ तीन वर्षपछि स्वदेश फर्किएकी छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ४९ वर्षीया सरविनालाई लिन चीन सरकारले चार्टर्ड जहाज क्यानडा पठाएको थियो। उनी चढेको जहाज शनिबार राति स्थानीय समयअनुसार ९ बजेर ५० मिनेटमा सेन्जेन विमानस्थलमा अवतरण भएको थियो।
चिनियाँ राष्ट्रिय झन्डा बोकेर थुप्रै मानिसहरूले विमानस्थलमा उनको स्वागत गरेका थिए। सेन्जेनमा हुवावेको मुख्यालय पनि रहेको छ।
हुवावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई सन् २०१८ डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो।
अमेरिकाले प्रतिबन्ध लगाएको इरानमा टेलिकम्युनिकेसन सामग्री पठाएको र बैंकिङ कसुर गरेको भन्दै अमेरिकाले मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही आरोपमा क्यानेडियन अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए।
उनलाई अमेरिका सुपुर्दगी गर्नेबारे लामो समयसम्म छलफल भएको थियो। सोही कारणले चीनको अमेरिका र क्यानडासँगको सम्बन्ध चिसिएको थियो। सरविना पक्राउ परेलगत्तै चीनले पनि दुई क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।
सरविनालाई पछि क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यसका लागि उनले कडा सर्तहरू पालना गर्नुपर्ने थियो।
समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय अमेरिकी अभियोजनकर्ताहरू सरविनाविरूद्धको बैंकिङ कसुरको मुद्दा फिर्ता लिन सहमत भएका थिए। उक्त सहमतिपछि सरविनाको स्वदेश फर्किने ढोका खुलेको हो।
स्वदेश फर्किएकी सरविनाले सेन्जेन विमानस्थलमा छोटो सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपति सी चिनफिङप्रति कृतज्ञता व्यक्त गरिन्।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर