
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आआफ्नै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार सुरु भएको छ ।
बैतडीमा दुई समूहले प्यानल घोषणा गरिसकेपछि नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न नसकेका हुन् ।
जिल्लामा संस्थापन पक्षका रुपमा रहेको चतुरबहादुर चन्दले आफ्नो नेतृत्वमा संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरेका हुन । केन्द्रमा संस्थापन पक्षका रुपमा रहेको शिवराज भट्टले पनि आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।
चन्द नेतृत्वको प्यानलको उपसभापतिमा धामी हाल जिल्ला सदस्य रहनुभएका खगेन्द्रसिंह धामी र हाल जिल्ला कोषाध्यक्ष रहनुभएका रमेश पाण्डेयको नाम अघि सारिएको छ । सचिवमा हाल पार्टीका सचिव रहनुभएका प्रेमबहादुर चन्द र जिल्ला सदस्य रहनुभएका देवराज जोशीको नाम सार्वजनिक गरिएको छ ।
सहसचिवमा हाल जिल्ला कार्यालय सचिव रहनुभएका दिपेन्द्रबहादुर चन्द र जिल्ला आमन्त्रित सदस्य रहनुभएका दशरथसिंह चाडले उम्मेदवारी घोषणा गरेका छन् । उता भट्ट प्यानलमा वर्तमान सचिव वीरबहादुर विष्ट र पूर्वउपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेदवार रहेका छन् ।
यस्तै रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । दुवै समूहले आआफ्ना उम्मेदवार घोषणा गरिसकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने निश्चित भएको छ ।
सभापतिका उम्मेदवार चतुरबहादुर चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको बताए । सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का भएर लैजानुका आउने सबै स्तरका निर्वाचनमा कांग्रेसलाई एक नम्बर बनाउन आफ्नो योजना रहेको बताए ।
यस्तै अर्को सभापतिका उम्मेदवार शिवराज भट्टले पनि पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए। पालिका र प्रदेश क्षेत्रीय नेतृत्वका लागि पनि सहमतिको सम्भावना कम रहेको नेताले बताएका छन् । केही स्थानीय तहमा उम्मेदवार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।
जिल्लाका सबै वडामा गत भदौमा अभिवेशन सम्पन्न भइसकेको छ । पालिका अधिवेशन यही असोज ९, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १५ गते हुनेछ । आगामी कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मङ्सिर ९–१३ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर