
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आआफ्नै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार सुरु भएको छ ।
बैतडीमा दुई समूहले प्यानल घोषणा गरिसकेपछि नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न नसकेका हुन् ।
जिल्लामा संस्थापन पक्षका रुपमा रहेको चतुरबहादुर चन्दले आफ्नो नेतृत्वमा संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरेका हुन । केन्द्रमा संस्थापन पक्षका रुपमा रहेको शिवराज भट्टले पनि आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।
चन्द नेतृत्वको प्यानलको उपसभापतिमा धामी हाल जिल्ला सदस्य रहनुभएका खगेन्द्रसिंह धामी र हाल जिल्ला कोषाध्यक्ष रहनुभएका रमेश पाण्डेयको नाम अघि सारिएको छ । सचिवमा हाल पार्टीका सचिव रहनुभएका प्रेमबहादुर चन्द र जिल्ला सदस्य रहनुभएका देवराज जोशीको नाम सार्वजनिक गरिएको छ ।
सहसचिवमा हाल जिल्ला कार्यालय सचिव रहनुभएका दिपेन्द्रबहादुर चन्द र जिल्ला आमन्त्रित सदस्य रहनुभएका दशरथसिंह चाडले उम्मेदवारी घोषणा गरेका छन् । उता भट्ट प्यानलमा वर्तमान सचिव वीरबहादुर विष्ट र पूर्वउपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेदवार रहेका छन् ।
यस्तै रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । दुवै समूहले आआफ्ना उम्मेदवार घोषणा गरिसकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने निश्चित भएको छ ।
सभापतिका उम्मेदवार चतुरबहादुर चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको बताए । सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का भएर लैजानुका आउने सबै स्तरका निर्वाचनमा कांग्रेसलाई एक नम्बर बनाउन आफ्नो योजना रहेको बताए ।
यस्तै अर्को सभापतिका उम्मेदवार शिवराज भट्टले पनि पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए। पालिका र प्रदेश क्षेत्रीय नेतृत्वका लागि पनि सहमतिको सम्भावना कम रहेको नेताले बताएका छन् । केही स्थानीय तहमा उम्मेदवार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।
जिल्लाका सबै वडामा गत भदौमा अभिवेशन सम्पन्न भइसकेको छ । पालिका अधिवेशन यही असोज ९, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १५ गते हुनेछ । आगामी कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मङ्सिर ९–१३ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।