
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन्।
बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उहाँले एक महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने छ भने ।
बढ्दै छ संस्थागत सुत्केरी हुनेको दर
स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गर्ने र सुत्केरी हुने सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । स्वास्थ्यकर्मीकै घरभेट कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्तालगायतले सो प्रगति भएको कार्यालयका प्रम्ुख सुरज गुरौले जानकारी दिए । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात् स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रमसमेत सञ्चालन भए पनि उनीहरुको स्वास्थ्यमा पनि सुधार भएको देखिएको उनले बताए ।
स्वास्थ्य संस्थामै गर्भ जाँच गर्ने आर्थिक वर्ष ०७६÷०७७ मा ११ प्रतिशत रहेकोमा गत आवमा १८ प्रतिशत पुगेको प्रमुख गुरौले जानकारी दिए । “आमा सुरक्षा कार्यक्रममा नियमित गर्भ जाँच र संस्थागत सुत्केरी दर अघिल्ला वर्षमा जस्तै रहेको छ”, गुरौले भने , “यस वर्ष सुत्केरीपश्चात् जाँच गर्नेको सङ्ख्या वृद्धि भएको छ ।”
जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएकोले यो तथ्याङ्क बढाउन सहयोग गरेको हो । त्यस्तै कतिपय स्थानमा एउटै वडामा पनि दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सुत्केरी सेवा र गर्भ जाँच सेवा दिन थालिएपछि महिला स्वास्थ्यको सङ्ख्या उल्लेख्य बढेको पाइएको हो । अति दुर्गम मानिने तमानखोलाको नर्जाखानी, लामेला र खुंगाको धिरीसमेतमा एकाइ स्थापना भएका छन् ।
जिल्लाभरि नै घरमै पुगेर सुत्केरीलाई भेट्ने र जाँच गर्ने कार्यक्रमसमेत लागू भएको छ । सरकारी कार्यक्रमबाहेक गैरसरकारी संस्थाले पनि सुरक्षित सुत्केरीको क्षेत्रमा काम गरिरहेका छन् ।
त्यसले पनि यसमा उल्लेखनीय प्रगति भएको हो । यसले आमा सुरक्षा कार्यक्रम थप प्रभावकारी भएको उनले बताए । परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या पनि एक प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्याङ्क छ ।
जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउने दर पनि वृद्धि भएको छ । अघिल्लो वर्ष १४६ क्षयरोगका बिरामी पत्ता लागेकोमा यस वर्ष १४९ पत्ता लगाएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा कूल पत्ता लगाएका क्षयरोगका बिरामीमध्ये १.४६ प्रतिशतको क्षयरोगका कारण मृत्यु भएको उनले बताए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर