
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्।
धनी र विकसित मुलुकहरूले गरीब मुलुकका नागरिकलाई खोपको सुनिश्चिताका लागि काम नगरेको भन्दै आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन्।
बुधबार भएको भर्चुअल ग्लोबल कोभिड-१९ समिटमा सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएका हुन्। थप खोप किनेसँगै अमेरिकाले संसारभरि बाँड्ने खोप १ अर्ब १० करोड डोज पुग्ने उनको भनाइ छ।
बाइडेनले खोपसँगै खोप लगाउन चाहिने पूर्वाधार र प्रशासनिक कामका लागि पनि अमेरिकाले सहयोग गर्ने बताएका छन्। त्यसका लागि ३७ करोड अमेरिकी डलर (४३ अर्ब ८७ करोड रुपैयाँ) छुट्ट्याइको बाइडेनले जानकारी दिएका छन्।
‘अमेरिकामा लगाइएको कोरोनाको एक डोज खोप साटो अरू मुलुकमा तीन डोज खोप लगाउन हामी प्रतिवद्ध छौं,’ सम्बोधनका क्रममा बाइडेनले भने। उनले अहिलेसम्म अमेरिकाले संसारका एक सय मुलुकमा १६ करोड डोज खोप अनुदानमा दिइसकेको जानकारी दिए।
‘यो महामारीलाई परास्त गर्न हामीले हरेक ठाउँमा यसलाई परास्त गर्नुपर्छ,’ बाइडेनले भने,‘यो हामी सबै मिलेर सामना गर्नुपर्ने चुनौती हो।’ बाइडेनले कोरोना महामारीविरूद्धको लडाइँमा सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, खोप उत्पादक कम्पनी, निजी क्षेत्र र नागरिक समाजले आ-आफ्नो ठाउँमा योगदान गर्नुपर्ने बताए।
अमेरिकाले बाँड्ने खोप सन् २०२२ बाट पठाउन सुरू गरिनेछ। स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले फाइजरसँग अमेरिकी सरकारले प्रतिडोज ७ डलरका दरले खोप किन्न लागेको उल्लेख गरेको छ।
सन् २०२० को सुरूदेखि संसारभरि फैलिएको कोरोना महामारीका कारण अहिलेसम्म ४७ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख ७८ हजारले ज्यान गुमाएका छन्।
कोरोनाभाइरसविरूद्धको खोप वितरणमा धनी र गरीब मुलुकबीच गहिरो खाडल छ। विज्ञहरूले अहिलेसम्म संसारभरि लगाइएको कोरोना झन्डै ६ अर्ब डोज खोपमध्ये ७० प्रतिशत खोप धनी मुलुकमा मात्रै लगाइएको बताएका छन्।