
१मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
३तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
७फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
८रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
११पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कला क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिर्जनशील कलाकार समूह पोखराले शनिबार आयोजना गरेको सिर्जनशील युवा कला पुरस्कार सम्मान समारोहमा मुख्यमन्त्री पोखरेलले उक्त प्रतिबद्धता जनाएका हुन् ।
दुर्गा बराल वात्स्यायन जस्ता कलाकार जन्माउने पोखरा ललितकलाको पाठशाला नै रहेको भन्दै उनले यसलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्दै जानुपर्ने भनाइ राखे । आर्थिक वर्षको अन्तिममा सरकार बनेकाले हतारमा बजेट ल्याउनुपर्ने सन्दर्भ जोड्दै छुटेका तर महत्वपूर्ण क्षेत्रलाई समेट्दै जाने प्रतिबद्धता जनाए । पाठ्यक्रममा समेत ललितकलाई समेट्ने गरी प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । नेपालको लोकतान्त्रिक परिवर्तनका क्रममा कलाकारहरुका स्मरण गर्दै उनले सबै क्षेत्रको क्रियाशीलताबाटै अहिलेको उपलब्धि हासिल भएको चर्चा गरे ।
कलाकार, साहित्यकार तथा समासेवी विश्वरत्न शाक्य र उनका परिवारले पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । यो पुरस्कार सबैभन्दा पहिला पोखराकै सुनिल सिग्देलले प्राप्त गरेका हुन् । हालसम्म यो पुरस्कार १५ जनाले पाएका छन् । कोभिड महामारीका कारण पोहोर र परार हस्तान्तरण गर्न बाँकी पुरस्कार समेत यसै पालि प्रदान गरिएको हो ।
सिर्जनशील युवा कला पुरस्कार– २०७६ दलबहादुर गुरुङ, २०७७ अमृतबहादुर कार्की र २०७८ मनोज तामाङलाई प्रदान गरिएको हो । मुख्यमन्त्री पोखरेल र सिर्जनशील कलाकार समूह कास्की अध्यक्ष अग्रज कलाकार दुर्गा बरालले उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही १० लाख रुपैयाँ छ ।
कार्यक्रममा समूह अध्यक्ष बरालले पोखरामा २०२८ सालबाट कलाकार संगठित हुन थालेको भन्दै यतिका वर्षसम्म आइपुग्दा पनि भौतिक रुपमा कुनै प्रगति हुन नसकेकोप्रति दुख व्यक्त गरे । सरकार र नीति निर्माण गर्नेहरु नै यस विषयमा संवेशनशील हुनुपर्ने भन्दै हालसम्म त्यसो हुन नसकेको उनले बताए । पोखरा महानगरको पुरानो भवनमा महेन्द्रपुलमा निजीस्तरबाट ग्यालरी स्थापना भए पनि अहिले अलपत्र परेको उनले सुनाए । कलाकारलाई ग्यालरी भनेको माछालाई पानीजस्तै हो भन्दै उनले यसका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सम्मानितमध्येबाट दलबहादुर गुरुङ, अग्रज कलाकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, साहित्यकार रमेश श्रेष्ठ, पोखरेली युवा सांस्कृति परिवारका अध्यक्ष मोति भुजेल लगायतले शुभकामना व्यक्त गरे । अग्रज कलाकार लोकबहादुर गुरुङले सम्मानितत्रयको चिनारी प्रस्तुत गरेका थिए । कलाकार एवं पोखरा प्रज्ञा प्रतिष्ठानकी कार्यकारिणी सदस्य मीलन शेरचनले उक्त अवसरमा स्वागत गरेकी थिइन् ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला