
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
पोखरा, २३ भदौं । ‘भ्रष्टचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित पोखराको तालचोकमा मङगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको युवा संगठनले विरोध प्रदर्शन गरेको छ ।
युवा संगठन कास्कीले महालेखा परीक्षकको कार्यलयले पेस गरेको ५८ औं ०७६/०७७ को आर्थिक प्रतिबेदनमा अत्याधिक अनियमितता र बेरुजु रकम प्रस्तुत गरेको भन्दै सरकारी रकमको दुरुपयोग गर्ने र भ्रष्टाचारमा लिप्त निकायहरुलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
यो वर्ष ५ हजार ४६२ निकायको लेखा परिक्षणमा ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखा परिक्षण गरिएको मध्ये १ खर्ब, ४ अर्ब ३९ करोड बेरुजु निस्केको थियो । यसरी कुनै स्रोत बिना नै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको पराकाष्ठा रहेको भन्दै युवा संगठन कास्कीले देशब्यापी कार्यक्रम अन्तर्गत कास्कीमा पनि विरोध प्रदर्शन जनाएको छ ।
यस्तै कार्यक्रममा मन्तब्य राख्दै युवा संगठन कास्कीका संयोजक प्रमोदले कास्कीका विभिन्न सरकारी निकायमा पनि उस्तै बेरुजु निस्किएको बताउँदै, राज्यले जनताको करको उचित परिचालन नगरी भ्रष्टाचार र अनियमितता मैं केन्द्रित रहेका कारण बेरुजु बढ्दै गएको बताए ।
कार्यक्रममा बोल्दै युवा संगठनका अध्यक्ष प्रमोदले कास्कीमा महालेखा प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा ६२ करोड ४६ लाख ६३ हजार वेरुजु देखिएको र उक्त रकम मध्ये १७ करोड १२ लाख असुल उपर गर्नुपर्ने र प्रमाण पेश गर्नुपर्नेमा १४ करोड १२ लाख ६८ हजार रुपैयाँ रहनुले पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा भएको आरोप लगाए ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा ५९ लाख १३ हजार वेरुजु देखिएको मध्ये असुल गर्नुपर्ने ६४ हजार, माछापुच्छ«े गाउँपालिकामा १ करोड ८१ लाख ५४ हजार, मादीमा ७३ लाख ३२ हजार र रुपा गाउँपालिकामा २ करोड ५५ लाख ८९ हजार बेरुजु देखिनुबाट स्थानीय निकायहरुमा भ्रष्टाचारको अवस्था झनै कहाली लाग्दो भएकोले विरोधमा उत्रिनु परेको युवा संगठन कास्कीका सदस्य नबिनले बताए ।

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई