
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
विक्रम गिरी
काठमाडौँ, १५ भदौ । युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको बताउनुभएको छ ।
प्रतियोगितामा सहभागी भई यूएईबाट आज फर्किनुभएका खेलाडीहरुले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताउनुभयो । पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गर्नुभएका छिरिङवाङ्दी शेर्पाले दुई महिनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाउनुभयो । “सङ्घ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उहाँले भन्नुभयो, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिपमा पदक जित्ने हो ।”
यस्तै महिला ५२ किलोमा कास्य प्राप्त गर्नुभएकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने यूएईमा सम्पन्न जुनियर च्याम्पियनशिपबाट प्रमाणित भएको बताउनुभयो । “अभ्यास र प्रतियोगितामा सहभागिता हुन पाउनु खेलाडीका लागि मुख्य कुरा हो,” उहाँले भन्नुभयो, “दुवै कुरा उपलब्ध भए पदक जित्न सकिन्छ भन्ने लागेको छ ।”
यसैगरी प्रतियोगितामा महिला ५७ किलोतर्फ कास्य पदक प्राप्त गर्न सफल नरिका राईले यूएई च्याम्पियनशिपबाट थप ऊर्जा मिलेको बताउनुभयो ।
“खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक छ, विश्वका अन्य खेलाडीको खेलबाट धेरै सिक्न पाइन्छ,” उहाँले भन्नुभयो । घरेलु प्रतियोगिताबाट मात्र खेलाडीको वृद्धि विकास सम्भव नभएको उहाँको भनाइ थियो ।
खेलाडीसँगै यूएईबाट फर्किनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जुनियर बक्सिङ च्याम्पियनशिपबाट नेपालले ऐतिहासिक पदक प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । “स्वदेशको प्रतियोगितामा मात्र सीमित रहनु हुँदैन,” उहाँले भन्नुभयो, “बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीसँगै प्रशिक्षकलाई पदक प्राप्त गर्न मद्दत पुग्छ ।” पछिल्लो समय बक्सिङ सङ्घको सक्रियताले खेलको स्तर वृद्धिका साथै उपलब्धि हासिल हुँदै गएको उहाँले सुनाउनुभयो । उहाँले बक्सिङमा थप सफलता हासिल गर्नका लागि विद्यालयस्तरीय प्रतियोगिता गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय जुनियर बक्सिङ च्याम्पियनशिपमा पहिलोपटक पदक प्राप्त गरेपछि देशभर राम्रो सन्देश गएको बताउनुभयो । “अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्न सकिने रहेछ भन्ने सन्देश सबैतिर फैलिएको छ, यसले हामीलाई खेलाडी उत्पादनमा थप हौसला मिलेको छ,” उहाँले भन्नुभयो । यूएई च्याम्पियनशिपबाट सङ्घको साख बढेको अध्यक्ष अवालेले सुनाउनुभयो । “अब हामी जुनसुकै प्रतियोगितामा पनि पदकबाट टाढा छैनौँ,” उहाँले भन्नुभयो ।
एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपालबाट ६ खेलाडीसहित १२ सदस्यीय टोली सहभागिता जनाउन यही भदौ २ गते यूएई प्रस्थान गरेको थियो । सहभागी खेलाडीमध्ये शेर्पाले पुरुष ५४ किलो, तिरुवाले महिला ५२ किलो तथा राईले ५७ किलोमा प्रतिस्पर्धा गर्दै कास्य पदक प्राप्त गर्नुभएको थियो । शेर्पा सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित हुनुभएको थियो । सो स्पर्धामा नियाजले नै स्वर्ण पदक जित्नुभयो ।
यस्तै तिरुवा र राई सेमिफाइनलमा भारतीय खेलाडीसित पराजित हुनुभएको थियो ।
त्यसअघि उहाँले कुवेतका मोहम्मद अलिनेजीलाई ५–० अङ्कले पराजित गर्नुभएको थियो । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्नुभएको थियो ।
गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक भट्ट, दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको थियो ।
विमानस्थलमा उक्त टोलीलाई बक्सिङ सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका सदस्य एवं अन्तर्राष्ट्रिय संयोजक श्याम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सङ्घका केन्द्रीय सदस्य पुष्करराज पन्त तथा खेलाडीका अविभावकहरुले खादा ओढाई स्वागत गर्नुभएको थियो । रासस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए